Logo
बिहिवार, श्रावण २१ गते २०७८
श्रावण २१ गते २०७८

होण्डा ग्राजियाको न्यू मोडल बिएसभिआई डिआरएस र डिएसएस नेपाली बजारमा, मूल्य कति ? 


२०७८ श्रावण, ४ सोमवार
  • 210
    SHARES

  • होण्डा ग्राजियाको न्यू मोडल बिएसभिआई डिआरएस र डिएसएस नेपाली बजारमा, मूल्य कति ? 

    काठमाडौँ / नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले नेपाली बजारमा होण्डाको नयाँ उत्पादन सार्वजनिक गरेको छ । 

    आइतबार एक कार्यक्रमकाबीच कम्पनीले होण्डाको नयाँ उत्पादन ग्राजिया बिएसभिआई मोडल सार्वजनिक गरेको हो । को नयाँ मोडल सार्वजनिक भएको छ । 

    फिचर 
    १२५ सिसी इन्जिन क्षमतामा उपलब्ध नयाँ बिएसभिआईनिकै आकर्षक र स्टाईलिस लुकमा रहनुका साथै व्यवहारिक फिचरहरुले पूर्णता रहेको रि–डिफाइनरी उत्पादन रहेको कम्पनीले बताएको छ ।  

    १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर समेत उपलब्ध रहेको छ । यस फिचरले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न समेत राइडरलाई थप सहज हुने कम्पनीले जनाएको छ । 

    होण्डाको पीजीएम–एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजी प्रयोग भएकाले यस स्कुटरले बढी माइलेज र पावर समेत दिने कम्पनीको दाबी छ ।  

    ग्राजियाको यस नयाँ बिएसभिआई डिएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडिलिङ्ग स्टप रहेको छ भने नयाँ बिएसभिआई एसटिडी मोडलमा इन्जिन स्टार्टरस्टप स्वीच समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

    यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसिजी सहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीका साथ हिट इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु समेत ग्राजिया बिएसभिआईमा रहेको बैंकले जनाएको छ । 

    हाल दुई मोडलमा उपलब्ध ग्राजिया बिएसभिआईको बिएसभिआई डिआरएसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ भने बिएसभिआई डिएसएसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । 

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    images

    धेरै पढिएको