ग्रेट वाल मोटर्सले नेपाली बजारमा ल्यायो तीन नयाँ मोडलको गाडी, मूल्य र विशेषताहरू यस्ता छन् 

ग्रेट वाल मोटर्सले नेपाली बजारमा ल्यायो तीन नयाँ मोडलको गाडी, मूल्य र विशेषताहरू यस्ता छन् 

अर्थ डबली
सोमवार, श्रावण ४ २०७८
अर्थ डबली
सोमवार, श्रावण ४ २०७८ (अर्काइभ बाट)
  • ग्रेट वाल मोटर्सले नेपाली बजारमा ल्यायो तीन नयाँ मोडलको गाडी, मूल्य र विशेषताहरू यस्ता छन् 

    काठमाडौँ / ग्रेट वाल मोटर्स (जिडब्लुएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरूको साथमा प्रवेश गरेको छ । 

    images
    images

    नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता रहेको छ । 

    विभिन्न क्षेत्रहरुमा सफलता सङ्गालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले  ग्रेट वाल मोटर्ससँग सहकार्य गर्दै अहिले दुईवटा एसयुभि  र एक पिक–अप मोडेल बजारमा ल्याएको हो । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ । 

    News.JPG

    ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा अवस्थित भने निकट भविष्यमा नै उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शोरुमहरूको बृहत सञ्जाल फैलाउने योजना रहेको कम्पनीले जनाएको छ । 

    हालको अवस्थामा सुधार आउनासाथ ग्रेट वाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्ता माझ प्रस्तुत गर्ने बताइएको छ । 

    कम्पनीले निकट भविष्यमा नै उच्चस्तरीय सर्विस सेन्टर निर्माण गरिने बताइएको छ । भी.जी. इमपेक्सले ग्रेट वाल मोटर्सको फोर एस सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर)मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्टाण्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ ।

    News2.JPG

    उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् । 

    थर्ड जेनेरेसन हाभाल एचसिक्स

    यो गाडी एसयुभि वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाट शक्ति र ३२० एनएम टोर्क डिस्प्लेसमेन्टले आरामदायी अनुभूति प्रदान गर्दछ । 

    यसको हाइयर ग्राउण्ड क्लियंरेसले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता र मजबुती प्रदान गर्दछ ।

    3rd gen. car.JPG

    यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फङ्सनल स्टेरिंग, आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सिट, ताररहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरूप दिने कम्पनीको दावी छ । 

    साथै आठ वटा एअर व्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, एचएचसि (हिल होल्ड कन्ट्रोल) एबिएस प्लस इबिडि सुविधा र एन्टी–कोलिजन संयन्त्र जस्तै एससिएम (सेकेण्ड कोलिजन संयन्त्र) र एफसिएम (फर्वार्ड कोलिजन संयन्त्र)ले दुर्घटनाको सम्भवानालाई घटाउँछ । 

    ईन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एलटु स्तरको अटोमेटिक एसिसि ड्राईभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभुति दिनेछ । 

    गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा शान्दार सवारीमा विराजमान छु भन्ने अनुभुति गराउँदछ । थर्ड जेनेरेसन हाभाल एचसिक्सको प्रारम्भिक मूल्य रु. ९६ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

    नेपाली बजारमा यो गाडी हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अत्लान्तिस ब्लु गरी तीनवटा रंगहरूमा उपलब्ध छन् । यो गाडीले नेपालको अटो बजारलाई पूनः परिभाषित गर्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ । 

    हाभाल जोलियन 
    यो मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिंदै छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एन.एम टोर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिने कम्पनीले जनाएको छ । बढी ग्राउण्ड क्लीयरंसले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु-याउने कम्पनिको दावी रहेको छ । 

    jolian.JPG

    चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ्ग ब्रेकिङ्ग र ७३ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ । 

    यसबाहेक यो गाडीले पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फङ्सनल स्टीरिंग र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । 

    यसबाहेक एबिएस, एचएचसि र एचडिसि (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), ड्राईभर ड्रावजीनेस डिटेक्सन र ईवेन्ट डाटा रिकोडर र एन्टी–कोलिजन संयन्त्र जस्तै एससिएम (सेकेण्ड कोलिजन संयन्त्र ) ले समयानुसार कन्ट्रोल गरेर जोखिम न्युनीकरण गर्दछ । 

    टच स्क्रीन, अगाडि एलइडि लाइटिङ्ग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ । यो गाडी ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेड गरी पाँच वटा रङ्गहरूमा उपलब्ध रहेको छ । यो गाडीको प्रारम्भिक मूल्य रु.५५ लाख ४९ हजार ९९९ रुपैयाँमा बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । 

    पिओइआर पिक–अप
    यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिने कम्पनीले जनाएको छ । १२० किलोवाट शक्ति र ४०० एन.एम टोर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभुति प्रदान गर्ने बताइएको छ । बढी ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभुति प्रदान गर्ने कम्पनिको दावी रहेको छ । 

    ८४ प्रतिशत उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ । सनरुफ पनि पिक–अप गाडीमा पहिलो पटक यसमा रहने छ । यसमा साँचो रहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । 

    poer.JPG

    कम्पनीकाअनुसार यो ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यस अतिरिक्त एबिएस, एचएचसि र एचडिसि (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थिरता प्रदान गर्दछ । 

    स्पिड वार्निंग सिस्टमले गति माथि नियन्त्रण गर्न मद्दत गर्छ । ९ इन्चको टच स्क्रीन र एन्ड्रोइड सपोर्टले राम्रो अनुभव दिनेछ । अगाडि एलइडि लाईटिंग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई रमाइलो बनाउने कम्पनीको दावी छ । यस गाडीको प्रारम्भिक मूल्य रु.६४ लाख ९९ हजार ९९९ रुपैयाँमा बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । 

    लगातार धेरै वर्षदेखि, जिडब्लुएमका एसयुभि तथा पिकअपहरूले चिनियाँ बजार बिक्री नेतृत्व गरिरहेको छ । यो एक विश्वस्तरमा आफ्नो उपस्थिति बनाउने पहिलो चीनियाँ अटोमोबाईल कम्पनि हो ।

    जिडब्लुएमले विशेष गरी एसयुभि र पिकअप ट्रक सन् १९९८ देखि अटोमोबाइल निर्यात गर्न सुरु गरेको थियो । 

    चीन बाहेक, फर्मले ६० भन्दा बढी देशहरूमा ५०० भन्दा बढी वितरकहरूको अन्तर्राष्ट्रिय नेटवर्कमार्फत आफ्ना उच्च–गुणस्तरका मोटर गाडीहरू वितरण गर्दछ । 

    News1.JPG

    कम्पनीले विश्वव्यापी रूपमा एक नयाँ वर्चस्व स्थापित गरेको छ भने नेपालमा पनि यही परम्परालाई कायम गर्ने नेपालिको मनमा बस्ने विश्वास लिएको छ ।

    यसका साथै ग्रेट वाल मोटर्सले निकट भविष्यमा ओरा बिद्यतीय गाडी  एक नयाँ युगको विद्युतीय कार नेपाली बजारमा ल्याउँदै छ । त्यसपछि विन्गले पिक–अप पनि ल्याउने तयारीमा छ । उपभोक्ताहरुले हाम्रा नयाँ प्रस्तुतीहरूलाई उत्साह र उमङ्गका साथ अङ्गाल्नेमा आफूहरू विश्वस्त रहेको कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय