Logo
शनिवार, आश्विन २ गते २०७८
images
आश्विन २ गते २०७८
images
images

सभापति देउवाद्वारा खोपको भ्रष्टाचारमा संलग्नलाई कारवाही माग


२०७८ बैशाख, २४ शुक्रवार
  • 1.7K
    SHARES

  • सभापति देउवाद्वारा खोपको भ्रष्टाचारमा संलग्नलाई कारवाही माग

    काठमाडौँ / नेपाली कांग्रेसका सभाप शेरबहादुर देउवाले कोभिड–१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड–१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । 

    images

    कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै उनले  जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भनेका छन्। 

    पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत जिवनदायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

    सभापति देउवाले नेपाली जनताको जीवन रक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचा कक्ष शय्या, खोपलगायत औषधिको तत्काल व्यवस्था गर्न माग  गरेका छन् ।

    कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोप भए पनि  सरकारले नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको सभापति देउवाको आरोप छ देशमा व्याप्त विषम् घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन तथा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै सभापति देउवाले देशभरिका कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् । 

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images

    धेरै पढिएको

    images