भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला, बुकिङका लागि कति तिर्नुपर्ला ? 

भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला, बुकिङका लागि कति तिर्नुपर्ला ? 

अर्थ डबली
शुक्रवार, साउन १ २०७८
अर्थ डबली
शुक्रवार, साउन १ २०७८ (अर्काइभ बाट)
  • भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला, बुकिङका लागि कति तिर्नुपर्ला ? 

    काठमाडौँ / विश्वको अग्रणी स्मार्टफोन भिभो खरिद गर्न चाहनेहरूका लागि जुलाई १६ देखि १९ तारिखसम्म भी सिरिजको भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग गर्न पाइने व्यवस्था गरिएको छ ।

    images
    images

    अग्रिम बुकिङ्ग अफलाइन स्टोर र खुद्रा विक्रेताहरुकहाँ गर्न सकिने छ । यो नयाँ पुस्ताको स्मार्टफोन हालमा बजारमा निकै मन पराइएको छ भने यसको सेल्फी खिच्ने फ्रन्ट क्यामेरा क्षमतायुक्त मानिएको छ । अझ खासगरी कम प्रकाश भएको ठाउँमा बढी उपयुक्त ठहरिएको छ ।

    अग्रिम बुकिङ्ग गर्न चाहने ग्राहकले २ हजार रुपैयाँ सहित आफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्नेछ । उक्त विवरण सम्बन्धित विक्रेताकहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र विक्रेताले आधा राख्नेछन् । भिबिए र विक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्नेछन् ।

    जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ्ग गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स अनिवार्य रुपमा पाउने छन् । बुकिङ्गपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ ख्रिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने छ । 

    प्रविधिमा नयाँ मापदण्ड सहितको भिभो भी २१ नयाँ आएका स्मार्टफोन मध्येमा बढी क्षेत्रमा प्रभाव पनि सफल भएको छ किनभने यसको फ्रन्ट क्यामेरामा उच्चस्तरीय ओ .आइ.एस (अप्टिकल इमेज स्टेबिलाइजेशन)  प्रबिधि छ । 

    कम प्रकाशमा पनि स्तरीय फोटो खिच्न सक्ने भएकोले यो स्मार्टफोनका पारखीहरुले रातमा पनि भिडियो र फोटो राम्रो खिच्न सक्दछन् । भिभोको परम्परालाई अगाडि बढाउने गति समातेको भिभो भी २१ मा स्लीक डिजाइनमा अन्तर्राष्ट्रियस्तरको प्रविधि समेटिएकोे छ । यसको बनौट ७ दशमलव २९ मिलिमिटरमा छ जसले ग्राहकको चाहना पूरा गर्न सक्छ जुन स्टाइलिस्ट र सोफिस्टिकेटेड स्मार्टफोनको तहमा आउँछ र यो ग्राहकको जीवन पद्धतिसंग मिल्दोजुल्दो हुन्छ ।

    भिभो नेपालका मिस्टर मार्स, भन्छन्,“हामी भिभोको क्षेत्र बिस्तार गर्नुका साथै ग्राहकहरुको संलग्नता बढाउन निरन्तर प्रयत्नशील छौँ । यसमा अन्तर्राष्ट्रियस्तरको प्रविधि, उत्कृष्ट क्यामेरा र डिजाइनसहितको उत्पादनले हामीलाई उत्साहित तुल्याएको छ र अग्रिम बुकिङ्गको चरणमा आइपुग्दा आफ्ना ग्राहकहरुको मन जित्न र माया पाउन सफल हुने विश्वास लिएका छौँ । भी २१ को माध्यमले शक्तिशाली र राम्रो ह्याण्डसेटले ग्राहकहरुको आधुनिक जीवन पद्धतिमा नयाँ आयाम ल्याउने विश्वास गर्दछौँ  ।

    भिभो प्रविधिमा आधारित कम्पनी हो यसले ग्राहकलाई शक्तिशाली र राम्रो ह्याण्डसेट उपलब्ध गराउँछ । यसले ग्राहकको आधुनिक जीवन पद्धतिमा थप सुधार ल्याउँछ । यसले मोबाइल र डिजिटल जीवनलाई सहज बनाउँछ । भिभोले दिगो विकास रणनीतिलाई प्रयोग गर्दै आफ्ना उत्पादन बलियो र लामो समय टिक्ने बनाएर अन्तर्राष्ट्रियस्तरको कर्पाेरेशन बनेको छ । स्थानीय युवाको प्रतिभालाई उपयोग गर्न भिभोले १० ठाउँमा अनुसन्धान र विकास केन्द्र खोलेर तालिम र काम दिएको छ । त्यस्ता केन्द्र सेन्जेन, नानजिङ, बेइजिङ, डोङ्गग्वान, हाङ्गझोउ, सांघाई, सि यान, ताइपेइ, टोकियो र सान डिएगोमा खोलिएका छन् ।

    उपभोक्तालाई मनपर्दाे प्रविधि साथै आर्टिफिसियल इन्टेलिजेन्समा ५ जी क्षमता प्रयोग भएको छ । भिभोका ५ वटा उत्पादन केन्द्रले काम गरिरहेका छन् । ती चिनका साथै दक्षिण एसियामा पनि छन् । भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेकाछन् । अहिले विश्वभर ४ सय मिलियन ग्राहकहरुले भिभोको उत्पादन प्रयोग गरिरहेका छन् ।

     

    साताको लोकप्रीय