भिभोको भी २१ अत्याधुनिक स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ? 

भिभोको भी २१ अत्याधुनिक स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ? 

अर्थ डबली
मंगलवार, श्रावण ५ २०७८
अर्थ डबली
मंगलवार, श्रावण ५ २०७८ (अर्काइभ बाट)
  • भिभोको भी २१ अत्याधुनिक स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ? 

    काठमाडौँ / अन्तर्राष्ट्रिय प्रतिक्षित कम्पनी भिभोले भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ । 

    images
    images

    यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएको कम्पनीको दावी छ । 

    नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओ.आई.एस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ । यो स्लीक र स्लीम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ ।

    भी २१ मा ४४ एम.पी ओ.आई.एस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएको छ । यसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ एम.पी ओ.आई.एसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ । 

    कम्पनीका अनुसार यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एम.पी ओ.आई.एस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्दछ । ओ.आई.एसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । अर्काेतर्फ अतिरिक्त विशेषता भएको वाइड एंगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिनेछ । 

    मौलिक विशेषता भएको भी २१ ले पावर कनेक्टिभिटी र स्पीडले आधुनिक उच्च प्रविधिसंग परिचित र अतिरिक्त क्षमता खोज्ने ग्राहकहरुलाई समेत सन्तोष प्रदान गर्दछ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकहरुले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् ।

    भी २१ को बजार प्रवेशका साथै प्रसिद्ध अभिनेता प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरको रूपमा अनुबन्धित गरिएको छ र भी २१ को बजार प्रवद्र्धनमा उनको दृश्यहरू समावेश गरिएको छ । 

    अभिनेता खड्का अभिनय कुशलताले युवापुस्तामा विशेष प्रभाव पार्नुका साथै भिभो ब्राण्डप्रति उनीहरुको आकर्षण बढ्दै जाने र स्थानीय उपभोक्ताहरुले पनि भिभोप्रति आत्मीयता देखाउने विश्वास गरिन्छ ।

    बिक्रीको शुभारम्भको अवसरमा आयोजित समारोहमा बोल्नु हुँदै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले आफ्ना ग्राहकहरुको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताए । 

    अप्टिकल इमेज स्टेबलाइजेसनको सहयोगमा उद्योगले अग्रणी भूमिका खेल्नुका साथै स्मार्टफोन फ्रन्ट क्यामेराकोे भविष्यमा क्षेत्र बिस्तार गर्दे जानेछ । यसको मौलिक फिचर डिजाइन र अतुलनीय क्षमताले जीवनपद्धतिमा प्रभाव पार्नेछ ।

    vivo news-.JPG

    भिभो नेपालको ब्राण्ड मैनेजर पेङ्ग दा ले समारोहलाई सम्बोधन गर्दे भने, “भी सिरिज उत्कृष्ट र मूल्यवान हुनुका साथै नाइट सेल्फि क्यामेराले राम्रो परिणाम दिने भएकोले हामी त्यसमा गौरव गर्दछांै र प्रसिद्ध अभिनेता प्रदीप खड्कासंग सहकार्य गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दछौँ । बजार रणनीतिमा स्थानीय प्रतिष्ठित व्यवसायीसंग मिलेर काम गर्दा राम्रो परिणाम आउने विश्वास लिएका छांै ।”

    विशेषता 

    उत्कृष्ट नाइटभिजन सहितको फ्रन्ट क्यामेराले अप्टिकल इमेज स्टेबलाइजेसनको विशेषता राख्दछन् । भी २१ मा आफ््नै मौलिकता सहितको ४४ एम.पी क्यामेरा ओ.आई.एस र इ.आई.एस (इलेक्ट्रिोनीक इमेज स्टेबलाइजेसन) समेत संलग्न गरिएकोले जहिले र जहाँ पनि अल्ट्रास्टेबल सटले राम्रो र उत्कृष्टस्तरको फोटो र भिडियो खिच्न सक्दछ । उत्कृष्ट हार्डवेयर र सफ्टवेयरका कारण जुनसुकै अवस्थामा पनि उच्चगुणस्तरको भिडियो खिच्न सक्दछ । 

    यसले नाइटसट, एक्सन सट र ४ के भिडियो क्याप्चर गर्दछ । यदि कुनै अवस्थामा पर्याप्त प्रकाश छैन भने पनि ४४ एम.पी ओ.आई.एस सुपर नाइट सेल्फीको मद्दतले राम्रो दृश्य निकाल्न सकिन्छ । फोटोमा नोइज नियन्त्रण गर्नका साथै सफा र उज्यालो फोटो उत्पादन गर्ने यसको विशेषता हो । ए.आई. नाइट अल्गोरिदमले पृष्टभूमिलाई पर्याप्त प्रकाश दिनुका साथै अनावश्यक फोटोको नोइज नियन्त्रण गर्दछ ।

    कम प्रकाशमा पनि क्यामेराको क्षमता बिस्तार गरी उत्कृष्ट फोटो खिच्न सक्ने प्रविधि भी २१ म समावेश गरिएकोछ । यसो गर्नमा ओएलइडी जस्तो प्रविधि जोडिएको छ । यसले फोटो र रेकर्डिङ्गमा राम्रो परिणाम ल्याउँछ ।

    भी २१ म विभिन्न विशेषता रहेकाछन् र दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरु समावेश गर्न सकिन्छ । यस्ता फोटो सहजै खिच्न सक्ने क्षमता भी २१ मा छ । यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा प्राप्त हुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ । 

    भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने छ । भी २१ आधुनिक प्रविधिको उत्कृष्ट नमूनाको रुपमा बजारमा आएकोछ । यो स्मार्ट फोन एम.टि.के डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । भी २१मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।

    भी २१ नेपालमा जुलाई २०, २०२१ बाट रु ४९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

    साताको लोकप्रीय