मध्यभोटेकोशीको स्थगित आइपिओ आजदेखि पुनः बिक्री खुला, कहिलेसम्म दिने पाइनेछ आवेदन ? 

मध्यभोटेकोशीको स्थगित आइपिओ आजदेखि पुनः बिक्री खुला, कहिलेसम्म दिने पाइनेछ आवेदन ? 

अर्थ डबली
मंगलवार, श्रावण ५ २०७८
अर्थ डबली
मंगलवार, श्रावण ५ २०७८ (अर्काइभ बाट)
  • मध्यभोटेकोशीको स्थगित आइपिओ आजदेखि पुनः बिक्री खुला, कहिलेसम्म दिने पाइनेछ आवेदन ? 

    काठमाडौँ / कोरोना भाइरसका महामारीको सम्भावित संक्रमण रोक्न जारी निषेधाज्ञाका कारण स्थगित मध्यभोटेकोशीको आइपिओ आजदेखि पुनः निष्काशन तथा बिक्री खुला गरिएको छ । 

    images
    images


    कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र मध्यभोटेकोशी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५, ६, ७ र ८ मा बसोबास गर्ने बासिन्दाहरू र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबा गर्ने बासिन्दाहरुको लागि शेयर जारी गरेको हो । 
    कम्पनीले प्रतिशेयर मूल्य रु. १०० को दरले ६० लाख कित्ता शेयरमध्ये आयोजना प्रभावित स्थानीयहरूका लागि १९ लाख कित्ता र प्रभावित बाहेक जिल्लाबासीहरूका लागि ४२ लाख कित्ता शेयर २०७८ बैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेकोमा कोरोना कारण बैशाख २४ गते नै स्थगित गरेको थियो ।
      
    कम्पनीको आइपिओ खरिदका लागि अब छिटो मिति साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा ढिलो मिति साउन ३२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

    कम्पनीको यस आइपिओलाई क्रेडिट रेटङ्ग संस्था केयर रेटिङ नेपाल लिमिटेडले डब्बल बि प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने जनाउँदछ । शेयर खरिदका लागि लगानीकर्ताहरूले न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

    धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सह–निष्काशन तथा बिक्री प्रबन्धकहरू एनआईबिएल एस क्यापिटल, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सि वि आर्य एल क्यापिटल लिमिटेड रहेका छन् । 


    यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिएको छ। उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने छ।

    साथै नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने छ। साथै मेरो शेयरबाट पनि शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । 

    जिल्लाबासीका लागि आइपिओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। 

    साताको लोकप्रीय