इराकमा भीषण बम विस्फोट कसले गर्यो ?  कम्तीमा २८ जनाको मृत्यु ६६ जना घाईते

इराकमा भीषण बम विस्फोट कसले गर्यो ?  कम्तीमा २८ जनाको मृत्यु ६६ जना घाईते

अर्थ डबली
मंगलवार, साउन ५ २०७८
अर्थ डबली
मंगलवार, साउन ५ २०७८ (अर्काइभ बाट)
  • इराकमा भीषण बम विस्फोट कसले गर्यो ?  कम्तीमा २८ जनाको मृत्यु ६६ जना घाईते

    इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८  जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएकोे छ। 

    images
    images

    बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको  यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना  घाइते भएका प्रहरी स्रोतले जनाएको छ  । 

    केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । 


    इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल शुरु गरेको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

     जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई  सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरेको छ । 

    इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्वीटमार्फत ईद अल–अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरता गरेको छ । रासस÷सिन्ह्वा

    साताको लोकप्रीय