वालिङ्ग मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन 

वालिङ्ग मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन 

अर्थ डबली
मंगलवार, साउन ५ २०७८
अर्थ डबली
मंगलवार, साउन ५ २०७८ (अर्काइभ बाट)
  • वालिङ्ग मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन 

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । 

    images
    images

    मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको हो ।

    बैंकले यही साउन ५ गतेदेखि सञ्चालनमा ल्याएको उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन वालिङ्ग नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले गरे । 
    माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । 

    सोही क्रममा बैंकले स्याङ्गजा जिल्लाको वालिङ्गमा सुरु गरेको उक्त काउण्टरमार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व सङ्कलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

    माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

    साताको लोकप्रीय