आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच समझदारी

आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच समझदारी

अर्थ डबली
मंगलवार, साउन ५ २०७८
अर्थ डबली
मंगलवार, साउन ५ २०७८ (अर्काइभ बाट)
  • आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच समझदारी

    काठमाडौँ / आइएमई पे र मल्पी इन्टरनेशनल कलेजवीच एक सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीहरूले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् । 

    images
    images

    सेन्टर फर क्यारियर गाइडेन्स एण्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा  प्रविधि मानवीय जीवनको एक महत्त्वपूर्ण पाटो बन्दै गएको उल्लेख गरिएको छ ।

    धेरै टेक फर्महरूले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरुले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीहरूको लागि थुप्रै अवसरका ढोकाहरू पनि खुला भएका छन् । 

    वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरीका अवरोधहरुको समाधान निकाल्न नयाँ नयाँ रोजगारीका अवसरहरूको पनि सिर्जना गरिरहेका छन् । समझदारी यस्तै विषयवस्तुहरूलाई ध्यानमा राख्दै गरिएको थियो । यूवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्व रूपमा थप छलफल गर्दै जाने आइएमई पे को योजना रहेको छ । 

    दुई पक्षवीच सम्पन्न समझदारीमा मल्पी इन्टरनेशनल कलेजले प्रशन्नता व्यक्त गर्दै आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र आइएमई ग्रुपका मानव संसाधन विभाग प्रमुख सुवास गौतमलाई विशेष धन्यवाद व्यक्त गरेका छन् । 

    कोरोना महामारीका कारण उक्त समझदारी भर्चयुल माध्यमबाट सम्पन्न गरिएको थियो ।

    झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

    साताको लोकप्रीय