प्रभु बैंक डिबेञ्चर–२०८७ का लागि मेगा क्यापिटल निष्काशन तथा विक्री प्रबन्धक नियुक्त 

प्रभु बैंक डिबेञ्चर–२०८७ का लागि मेगा क्यापिटल निष्काशन तथा विक्री प्रबन्धक नियुक्त 

अर्थ डबली
बिहिवार, मंसिर २५ २०७७
अर्थ डबली
बिहिवार, मंसिर २५ २०७७ (अर्काइभ बाट)
  • प्रभु बैंक डिबेञ्चर–२०८७ का लागि मेगा क्यापिटल निष्काशन तथा विक्री प्रबन्धक नियुक्त 

    काठमाडौं / प्रभु बैंकले प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ  । बैंकले रु. १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न क्यापिटलसँग यो सम्बन्धी सम्झौता  गरेको जनाएको छ । 

    images
    images

    उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेड का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले हस्ताक्षर गरे । 

    प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र (Debenture) सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र (Debenture) व्यक्तिगत तबर ९एचष्खबतभ एबिअझभलत० बाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र (Private Placement) सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

     मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । 

    नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिनेछ ।

    साताको लोकप्रीय