अब सफा टेम्पोमा यात्रा गर्दा प्रभु बैंकको क्यू आर कोडमार्फत भुक्तानी गर्न सकिने

अब सफा टेम्पोमा यात्रा गर्दा प्रभु बैंकको क्यू आर कोडमार्फत भुक्तानी गर्न सकिने

अर्थ डबली
शुक्रवार, पुस १० २०७७
अर्थ डबली
शुक्रवार, पुस १० २०७७ (अर्काइभ बाट)
  • अब सफा टेम्पोमा यात्रा गर्दा प्रभु बैंकको क्यू आर कोडमार्फत भुक्तानी गर्न सकिने

    काठमाडौँ / प्रभु बैंक लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौँ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । 

    images
    images

    यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक लिमिटेड र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाण्डौ उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ । 

    महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यू आर कोड राखिएको छ । उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाइलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ । 

    प्रभु बैंक लि. ले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रु महानुभावहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ । 

    साताको लोकप्रीय