सनराइज बैंकको थप नयाँ ५ शाखारहित बैंकिङ्ग सेवा, कलंकीमा एक्सटेन्सन काउण्टर 

सनराइज बैंकको थप नयाँ ५ शाखारहित बैंकिङ्ग सेवा, कलंकीमा एक्सटेन्सन काउण्टर 

अर्थ डबली
मंगलवार, पुस २८ २०७७
अर्थ डबली
मंगलवार, पुस २८ २०७७ (अर्काइभ बाट)
  • सनराइज बैंकको थप नयाँ ५ शाखारहित बैंकिङ्ग सेवा, कलंकीमा एक्सटेन्सन काउण्टर 

    काठमाडौँ / सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

    images
    images

    सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ ।

     पुस २४ गते शुक्रबार बैंकले व्यास नगरपालिका –१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका –२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

    त्यस्तै, गत शनिबार अर्थात पुस २५ गते धुर्कोट गाउँपालिका –३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका– ७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 

    यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

    कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
     
      यसैगरी बैंकले पुस २७ गते सोमबार काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ ।

    हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ । 

    साताको लोकप्रीय