सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार, कहाँ कहाँ खुल्यो

सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार, कहाँ कहाँ खुल्यो

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार, कहाँ कहाँ खुल्यो

    काठमाडौं/  सनराइज बैंकले एकैदिन नयाँ तीन शाखा विस्तार गरेको छ । 
     आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको छ ।
    बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
     नयाँ शाखा विस्तारसंगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

    images
    images

    साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ । 

    साताको लोकप्रीय