सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा राणा 

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा राणा 

अर्थ डबली
सोमवार, माघ २६ २०७७
अर्थ डबली
सोमवार, माघ २६ २०७७ (अर्काइभ बाट)
  • सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा राणा 

    काठमाडौं सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको आज सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी छिन् ।

    images
    images

    विगत १९ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी आरती राणा २०७६ कात्तिकमा सन्राइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरकी थिइन् । एसआइबिएम भारतकोे पुनेबाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेकी थिइन् ।

    एभरेष्ट बैंकमा पाँच वर्ष कार्य गरेपश्चात उनी ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी थिइन् । उक्त बैंकमा १२ वर्ष अनुभव बटुलेकी राणाले सनराइज बैकले आफूप्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पु¥याउन लागि पर्ने प्रतिबद्घता बताइन ।

    साताको लोकप्रीय