पन्ध्र करोड राजश्व छली : सुरेशकुमार राठीसहित तीनविरुद्ध मुद्दा

पन्ध्र करोड राजश्व छली : सुरेशकुमार राठीसहित तीनविरुद्ध मुद्दा

अर्थ डबली
आइतवार, फागुन १६ २०७७
अर्थ डबली
आइतवार, फागुन १६ २०७७ (अर्काइभ बाट)
  • पन्ध्र करोड राजश्व छली : सुरेशकुमार राठीसहित तीनविरुद्ध मुद्दा

    काठमाडौँ / राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ ।

    images
    images

    उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ । विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर  छलेको पाइएको हो । 

    उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । दायर मुद्दामा उनीहरूमाथि बिगो असुल उपर गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ । उनीहरूले सामान ओसारपसार गर्दा विभागको सूचना प्रणालीमा सामान प्रविष्ट नगरेको पाइएको छ ।

    प्रतिवादीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको आरोप छ । 

    साताको लोकप्रीय