आइएमई पे र फूडमाण्डुबीच सम्झौता : अब फूडमाण्डुमा आइएमई पेबाट भुक्तानी गर्न सकिने

आइएमई पे र फूडमाण्डुबीच सम्झौता : अब फूडमाण्डुमा आइएमई पेबाट भुक्तानी गर्न सकिने

अर्थ डबली
मंगलवार, चैत ३ २०७७
अर्थ डबली
मंगलवार, चैत ३ २०७७ (अर्काइभ बाट)
  • आइएमई पे र फूडमाण्डुबीच सम्झौता : अब फूडमाण्डुमा आइएमई पेबाट भुक्तानी गर्न सकिने

    काठमाडौँ / आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र फूडमाण्डुवीच सम्झौता भएको छ ।

    images
    images

    सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।

    फूडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा शुरु गरिएको हो । 

    उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले  फूडमाण्डुमा ‘आइएमई पे’ को भुक्तानी सेवासँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी  सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए । 

    सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै फूडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीले फूडमाण्डुबाट खरिद गर्दा ‘आइएमई पे' मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे । 

    सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै  विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सक्नु हुनेछ । फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । 

    साताको लोकप्रीय