युनाईटेड इदी–मार्दीको आइपिओ निष्काशनको मिति परिवर्तन, अब कहिले खुल्छ ? 

युनाईटेड इदी–मार्दीको आइपिओ निष्काशनको मिति परिवर्तन, अब कहिले खुल्छ ? 

अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७
अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७ (अर्काइभ बाट)
  • युनाईटेड इदी–मार्दीको आइपिओ निष्काशनको मिति परिवर्तन, अब कहिले खुल्छ ? 

    काठमाडौं / युनाईटेड इदी–मार्दी एण्ड आरबव हाइड्रोपावर लिमिटेडले सर्वासाधारणको साधारण शेयर (आइपिओ) निष्काशन मिति परिवर्तन गरेको छ । 

    images
    images

    कात्तिक २७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भनिएको उक्त कम्पनीको आइपिओ नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आगामी मंसिर ३ गते सारिएको बताइएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्ने मिति परिवर्तनबारे जानकारी गराएको हो । 

    कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । 

    कम्पनीले स्थानीयका लागि कुल ४ लाख २० हजार कित्ता आईपीओ असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो । स्थानीयमा करीब ४२ प्रतिशत मात्र शेयर वितरण भएको छ ।

    कात्तिक १७ गते कम्पनीले स्थानीयलाई कुल कित्तामध्ये १ लाख ७६ हजार ९० कित्ता शेयर बाँडफाँट गरेको हो ।े

    स्थानीयमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयरसमेत जोडेर सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण हुनेछ । कुल कित्तामध्ये कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ ।

    कम्पनीले ४३ हजार ६९६ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्याएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

    केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्दछ । 

    कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । 

    गत आर्थिक वर्ष २०७६/७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रु. ८५.८२ रहेको छ । दोस्रो बजारमा प्रतिशेयर नेटवर्थको तीन गुणासम्म यस कम्पनीको मूल्य तोकिनेछ ।

    साताको लोकप्रीय