माउण्टेन इनर्जी नेपालको आईपीओ निष्काशन, कहिलेसम्म आवेदन दिन पाइने ? 

माउण्टेन इनर्जी नेपालको आईपीओ निष्काशन, कहिलेसम्म आवेदन दिन पाइने ? 

अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७
अर्थ डबली
बुधवार, कार्तिक २६ २०७७ (अर्काइभ बाट)
  • माउण्टेन इनर्जी नेपालको आईपीओ निष्काशन, कहिलेसम्म आवेदन दिन पाइने ? 

    काठमाडौं / माउण्टेन इनर्जी नेपालले आज कात्तिक २६ गते बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । 

    images
    images

    कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १९ लाख ६८ हजार २७ कित्ता छुट्याएको छ । सर्वधारणका लागि छुट्याएको शेयरमध्येबाटै ३९ हजार ३६१ कित्ता कर्मचारीहरुका लागि र  ९८ हजार ४०१ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । 

    सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न चाहाने लगानीकर्ताहरुले यस आईपीओमा छिटोमा मंसिर २ र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिनुपर्नेछ । 

    कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले यसअघि आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानियको लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म  विक्री गरी कात्तिक ६ गते बाँडफाँट गरेको थियो ।  यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ । 

    कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । 

     

    साताको लोकप्रीय