ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव पारित  

ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव पारित  

अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७ (अर्काइभ बाट)
  • ज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव पारित  

    काठमाडौँ / ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारणसभा यही कार्तिक २६ गते कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । 

    images
    images

    हालको परिस्थितिलाई मध्यनजर गर्दै सभामा शेयरधनीहरुलाई जुमबाट पनि सहभागी हुने व्यावस्था मिलाइएको थियो । 

    सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ.व.०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल रु. एक अर्ब एक करोड ७५ लाख ८८ हजार बीमा शुल्क संकलन गरेको छ । 

    त्यस्तै, कम्पनीले ६९ करोड २४ लाख ६५ हजारको जीवन बीमाकोष समेत खडा गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

    सम्भावित जोखिमको  मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराएको छ । 
    त्यस्तै आर्थिक वर्षमा कम्पनीले रु. १८ करोड ७२ लाख ३२ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ । 

    साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७६/७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको बताइएको छ । 

    साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने विशेष प्रस्ताव समेत सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको जानकारी गराइयो । 

    उक्त सभामा कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा  आफ्नो ब्यवसायिक उपस्थिति रहेको जानकारी गराए । 

    साथै उनले आ. ब. ०७५/०७६ मा कुल रु. १० करोड ७८ लाख ७४ हजार ७२६ वितरणयोग्य मुनाफा आर्जन गरि कम्पनीको प्रतिशेयर मुल्य रु. १२०.७९ पुर्याई आघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा शेयर किताबी मुल्यमा समेत ११.१७ प्रतिशतले वृद्घि गर्दै बीमितलाई प्रदान गर्ने बोनस दरमा समेत उल्लेख्य वृिद्घ गर्न सफल भएको कुरा जानकारी गराए । 

    आर्थिक वर्षमा कम्पनीले क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ सर्टिफिकेट समेत प्राप्त गरि नेपाली जीवन बीमा कम्पनीहरु मध्ये क्ष्क्इ सर्टिफिकेट प्राप्त गर्ने पहिलो नेपाली जीवन बीमा कम्पनी बन्न सफल भएको कार्यकारी प्रमुख खत्रीले बताए । 

    कम्पनीको उक्त सफलता अनुभवि संचालक समितिको मार्गदर्शन र दुरदर्शी नीति, ब्यवस्थापनको उत्कृष्ट जोखिम व्यवस्थापनको अभ्यास, सक्षम आन्तरिक नियन्त्रण प्रणाली साथै प्रचलित नीति नियम, नियामनकारी निकायहरुको निर्दैशनहरुको प्रभावकारी कार्यान्वयन तथा कम्पनीका सम्पूर्ण कर्मचारीहरुको अहोरात्र अथक परिश्रमको फल रहेको जानकारी भन्दै उनले संचालक समिति लगायत व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुप्रति आभारसमेत व्यक्त गरे । 

    साताको लोकप्रीय