सनराइज बैंकको बाग्लुङमा  सेवा विस्तार, बैंकको शाखा संख्या १३९ पुग्यो

सनराइज बैंकको बाग्लुङमा  सेवा विस्तार, बैंकको शाखा संख्या १३९ पुग्यो

अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७ (अर्काइभ बाट)
  • सनराइज बैंकको बाग्लुङमा  सेवा विस्तार, बैंकको शाखा संख्या १३९ पुग्यो

    काठमाडौँ / सनराइज बैंक लिमिटेडले बाग्लुङ्गमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा सो शाखा सञ्चालनमा ल्याएको हो ।  

    images
    images

    बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

    सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का कार्यकारी वडा अध्यक्ष गोपाल थारुको उपस्थिति रहेको थियो । 

    बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द्र कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको हो । उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । 

    नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।  

     

    साताको लोकप्रीय