नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री नियुक्त

अर्थ डबली
सोमवार, जेठ ३ २०७८
अर्थ डबली
सोमवार, जेठ ३ २०७८ (अर्काइभ बाट)
  • नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री नियुक्त

    काठमाडौँ /  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सिइओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । 

    images
    images

    गत पुस ३ गतेदेखि कामु सिइओको रूपमा कार्यरत खत्री नियामक निकाय बीमा समितले स्वीकृति प्रदान गरेसँगै सिइओमा नियुक्त भएका हुन् । 

    कामु सिइओको जिम्मेवारी बहन गर्नुअघि उनी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत थिए । कम्पनीको सञ्चालक समिति बैंठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतीका लागि पठाएको थियो ।

    २६ वर्ष पहिले एक्जुकेटिभ एसिस्टेन्टबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका खत्रीले बैङगलोरबाट एमबिए गरेका छन् । 

     

    साताको लोकप्रीय