उज्यालो नेपालका अभियानकर्मीलाई अर्थ मन्त्रालयको जिम्मा

उज्यालो नेपालका अभियानकर्मीलाई अर्थ मन्त्रालयको जिम्मा

अर्थ डबली
मंगलवार, आषाढ २९ २०७८
अर्थ डबली
मंगलवार, आषाढ २९ २०७८ (अर्काइभ बाट)
  • उज्यालो नेपालका अभियानकर्मीलाई अर्थ मन्त्रालयको जिम्मा

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । 

    images
    images

    सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीका रूपमा नियुक्त भएका हुन् । 

    यसअघि वि.सं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, विसं २०७३ मा ऊर्जामन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका छन् । 

    ऊर्जामन्त्रीका रुपमा उनको कार्यकाल स्मरणयोग्य  छ । चर्को विद्युत्भार कटौतीका मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन उनले प्रभावकारी कदम चालेका थिए । 

    तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर  शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन् । 

    मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र  र आमा नर्मदा शर्माको सुपुत्रका रूपमा जन्मिएका शर्माको विशेष रुचिको क्षेत्र साहित्य र कृषि हो । 

    उनी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

    वि.सं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रूपमा निर्वाचित शर्माले राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका थिए । शर्माले जनसेवाश्री र संविधानसभा पदक प्राप्त गरेका छन् । 

    साताको लोकप्रीय