महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणमा सहयोग 

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणमा सहयोग 

अर्थ डबली
बुधवार, असार ३० २०७८
अर्थ डबली
बुधवार, असार ३० २०७८ (अर्काइभ बाट)
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणमा सहयोग 

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयमा महिलामत्रै शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बैंकले सोही कार्यलाई निरन्तरता दिँदै उक्त सहयोग गरेको हो । 

    images
    images

    बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

    असार ३० गते रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमकाबीच बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    उल्लेखित कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष आचार्यको अध्यक्षता तथा सचिव साजन जंग राणाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्ट आइपिएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

    साताको लोकप्रीय