एमसिसिमा ऊर्जा - व्यापारीको स्वार्थ छ, अहिले छटपटी चलेको छ – पूर्वाधारविद् डा. सूर्यराज आचार्य

एमसिसिमा ऊर्जा - व्यापारीको स्वार्थ छ, अहिले छटपटी चलेको छ – पूर्वाधारविद् डा. सूर्यराज आचार्य

अर्थ डबली
बुधवार, साउन ६ २०७८
अर्थ डबली
बुधवार, साउन ६ २०७८ (अर्काइभ बाट)
  • एमसिसिमा ऊर्जा - व्यापारीको स्वार्थ छ, अहिले छटपटी चलेको छ – पूर्वाधारविद्  डा. सूर्यराज आचार्य

    काठमाडौं एमसिसिको भुराजनीतिक पक्ष त आफ्नो ठाउँमा छ ।

    images
    images

    निवर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारको समयदेखि निकै पेचिलो बन्दै आएको एमसिसिको विषय फेरि उल्झेको छ । पूर्वाधारविद् तथा टिप्पणीकार डा. सूर्यराज आचार्यले एमसिसिमा केही ऊर्जा व्यापारीको प्रष्ट स्वार्थ देखिएको खुलासा गरेका छन् ।

    मुलुकको ऊर्जा क्षेत्रको व्यवस्थापन र नियन्त्रणमा एमसिसिको आड लिएर हालीमुहाली गर्ने यस्ता केही ऊर्जा व्यापारीको स्वार्थ देखिएको उनले ट्वीटमार्फत बताएका हुन् । यो समुहलाई एमसीसी पारित गर्न झनै ठूलो छटपटी चलेको टिप्पणी गरेका छन् ।

    यद्यपि तिनीहरुलाई राष्ट्रिय हित कमजोर पारेर गरिने कमाईले ढिलोचाँडो पोल्ने उनको तर्क छ ।

    प्रतिनिधि सभा पुनःस्थापनासँगै प्रधानमन्त्री शेरवहादुर देउवाले पदभार ग्रहण गरेसँगै एमसिसिको विषय फेरि उछालिएको छ ।

    यस अघि  पूर्वाधारविद् आचार्यले प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा बनेको सरकारले अमेरिकाको मिलेनी अम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरे माधव नेपाल र प्रचण्डका लागि राजनीति गर्ने  ‘घडेरी’ पनि बाँकी नरहने बताएका थिए । 

    देउवा नेतृत्व्को सरकारले संकल्प प्रस्तावसहित एमसीसी सम्झौता संसदबाट पास गर्ने चर्चाबीच पूर्वाधारविद् आचार्यले यस्तो ट्वीट गरेका थिए । 


    उनले राष्ट्रहितमा दुरगामी र प्रतिकुल असर पार्ने एमसिसि सम्झौता पास गर्ने सरकारको सम्भावित जालझेल प्रति निरन्तर खबरदारी गर्नसमेत आह्वान गर्दै आएका छन् । 

    साताको लोकप्रीय