लक्ष्मी बैंकको आग्रह : आफ्नो बैंक खाताको विवरण, ओ.टि.पि जस्ता महत्त्वपूर्ण विवरण कसैलाई नदिनुहोस् 

लक्ष्मी बैंकको आग्रह : आफ्नो बैंक खाताको विवरण, ओ.टि.पि जस्ता महत्त्वपूर्ण विवरण कसैलाई नदिनुहोस् 

अर्थ डबली
बुधवार, साउन १३ २०७८
अर्थ डबली
बुधवार, साउन १३ २०७८ (अर्काइभ बाट)
  • लक्ष्मी बैंकको आग्रह : आफ्नो बैंक खाताको विवरण, ओ.टि.पि जस्ता महत्त्वपूर्ण विवरण कसैलाई नदिनुहोस् 

    काठमाडौँ  / लक्ष्मी बैंक लिमिटेडले आफ्नो बैंक खाताको विवरण, ओ.टि.पि जस्ता महत्त्वपूर्ण विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कुनै पनि प्रलोभन पारी पैसा खाने नियतले गरेको दुष्प्रचारबाट सजग हुन भनै अपरिचित व्यक्तिलाई सोबारे जानकारी नदिन आग्रह गरेको हो । 

    images
    images

    बैंकले हाल विभिन्न माध्यमबाट व्यक्ति तथा समूहहरूको झुठा व्यहोराको चिठ्ठा परेको भनी मोवाइल, इमेल वा फोनमा सम्पर्क गरी चिठ्ठामा परेको रकम प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया पूरा गर्ने लाग्ने खर्च निजहरुको खातामा जम्मा गर्न वा पैसा रकमान्तर गर्न अनुरोध गर्दै ठगी गरेको सूचना प्राप्त भएको भन्दै बैंकले यसतर्फ आफ्ना ग्राहकहरुलाई सचेत गराएको हो । 

    त्यस्तै, प्रलोभनमा पारी पैसा खाने नियतले गरेको दुष्प्रचारबाट सजग भईै अपरिचित व्यक्तिले गरेको अनुरोधको आधारमा कुनै पनि किसिमको रकम जम्मा गर्ने, आफ्नो खाताबाट रकम रकमान्तर गर्ने वा आफ्नो बैंक खाताको विवरण, ओ.टि.पि जस्ता महत्त्वपूर्ण विवरण कसैलाई पनि नदिन बैंकले आग्रह गरेको छ । साथै त्यस्तो जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयलाई गराउन बैंकले सचेत गराएको छ । 

    साताको लोकप्रीय