महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियलबीच सम्झौता, भेहिकल्स खरिद गर्ने ग्राहकहरूलाई सुविधा 

महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियलबीच सम्झौता, भेहिकल्स खरिद गर्ने ग्राहकहरूलाई सुविधा 

अर्थ डबली
शुक्रवार, साउन १५ २०७८
अर्थ डबली
शुक्रवार, साउन १५ २०७८ (अर्काइभ बाट)
  • महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धि कमर्सियलबीच सम्झौता, भेहिकल्स खरिद गर्ने ग्राहकहरूलाई सुविधा 

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेड र एमएडब्ल्यूबीच सम्झौता भएको छ । कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले बैंक र कम्पनीबीच सो सम्झौता भएको हो । 

    images
    images

    साउन १५ गते शुक्रबार एक कार्यक्रमकाबीच बैंक र कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
    उक्त सम्झौता अनुसार अब एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.बाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गरिने बैंंकले जनाएको छ ।

    देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को सबै शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।  

    साताको लोकप्रीय