लक्ष्मी बैंकले सुरु गर्यो स्मार्टफोन लोन सेवा, कसरी प्रयोग गर्ने ? 

लक्ष्मी बैंकले सुरु गर्यो स्मार्टफोन लोन सेवा, कसरी प्रयोग गर्ने ? 

अर्थ डबली
मंगलवार, फागुन ४ २०७७
अर्थ डबली
मंगलवार, फागुन ४ २०७७ (अर्काइभ बाट)
  • लक्ष्मी बैंकले सुरु गर्यो स्मार्टफोन लोन सेवा, कसरी प्रयोग गर्ने ? 

    काठमाडौँ / लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ। 

    images
    images

    स्मार्ट फोन लोन एक कर्जारुपी–सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन्। 

    कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ।

    हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ। 

    आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको हो । 

    यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्वस्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ। 

    सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ।

     

    साताको लोकप्रीय