आगामी शनिबारसम्म कुन कुन क्षेत्रमा हुँदैछ अत्याधिक बर्षा, सतर्कता अपनाउन मौसमविद्को आग्रह 

आगामी शनिबारसम्म कुन कुन क्षेत्रमा हुँदैछ अत्याधिक बर्षा, सतर्कता अपनाउन मौसमविद्को आग्रह 

अर्थ डबली
बिहिवार, श्रावण ७ २०७८
अर्थ डबली
बिहिवार, श्रावण ७ २०७८ (अर्काइभ बाट)
  • आगामी शनिबारसम्म कुन कुन क्षेत्रमा हुँदैछ अत्याधिक बर्षा, सतर्कता अपनाउन मौसमविद्को आग्रह 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । 

    images
    images

    मौसविद्का अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

    हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ साउन ७ गते (बिहिबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
     
    राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    २०७८ साउन ८ गते (शुक्रबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    २०७८ साउन ९ गते (शनिबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको 

    राती : देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्नेतथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय