सुर्य नेपालद्धारा दुई वटा नगरपालिकालाई ५० लाख सहयोग

सुर्य नेपालद्धारा दुई वटा नगरपालिकालाई ५० लाख सहयोग

अर्थ डबली
बिहिवार, साउन ७ २०७८
अर्थ डबली
बिहिवार, साउन ७ २०७८ (अर्काइभ बाट)
  • सुर्य नेपालद्धारा दुई वटा नगरपालिकालाई ५० लाख सहयोग

    काठमाडौँ/ सुर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई  ५० लाख रुपैँया आर्थिक सहयोग गरेको छ । कम्पनीले कोभिड १९ प्रकोप व्यस्थापन कोष मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सुर्य नेपालको शेयरटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

    images
    images


     सुर्य नेपालले गत वर्ष पनि शुक्लागण्डी नगरपालिका काभिड १९ प्रकोप व्यवस्थापन कोष मा १० लाख तथा सातवटै  प्रदेशमा कोभिडविरुद्ध लडाईमा सहयोग पुर्याउन एक एक करोड प्रदान गरेको थियो ।  सुर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व कार्यहरु गर्दै आएको छ । कम्मनीले गत आर्थिक वर्षमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई एक /एकथान एम्बुलेन्स प्रदान गरेको थियो । 
     कम्पनीले कारोना महामारी क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयवासीलाई विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।

    साताको लोकप्रीय