निर्माण सामाग्री ढुवानी, श्रमिकको ज्यालादर सार्वजनिक, अब कुन विषय/ क्षेत्रमा कति लाग्छ ?

निर्माण सामाग्री ढुवानी, श्रमिकको ज्यालादर सार्वजनिक, अब कुन विषय/ क्षेत्रमा कति लाग्छ ?

अर्थ डबली
बिहिवार, साउन ७ २०७८
अर्थ डबली
बिहिवार, साउन ७ २०७८ (अर्काइभ बाट)
  • निर्माण सामाग्री ढुवानी, श्रमिकको ज्यालादर सार्वजनिक, अब कुन विषय/ क्षेत्रमा कति लाग्छ ?

    काठमाडौं / निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा  र श्रमिकहरुको ज्याला दर निर्धारण गरेको छ ।
     काठमाडौं जिल्ला प्रशासन कार्यलयमा (जिप्रका)  प्रमुख काली प्रसाद पराजुलीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७८/ ७९ को लागि जिल्ला दररेट सार्वजनिक गरेको हो ।

    images
    images

    बैठकले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ अनुसार  दररेट निर्धारण गरेको जनाएको छ । 
    जिप्रकाको निर्णय अनुसार आर्थिक वर्ष २०७७/  ७८ का लागि मिति  २०७८ साउन १ गतेदेखि काठमाडौं जिल्लाभर हुने गरि ज्याला दररेट स्वीकृत गर्ने निर्णय गरिएको जनाएको छ । 

    निर्णय अनुसार हालका गाउँपालिका र नगरपालिकाको केन्द्र बजारबाट आयोजना स्थलसम्म दुरीको आधारमा हुन आउने ढुवानी खर्च सम्बन्धित निकायले दररेट विश्लेषण गर्दा ढुवानी भाडा थप गर्न सक्नेछन् । 


    जिप्रकाले बुँदागत रुपमा ९ ओट निर्णय गर्दै मेशिन, औजार तथा उपकरणको भाडा दर सम्बन्धी मेशिन प्रयोग गरि सडक निर्माण गर्दा वा अन्य कार्य गर्नुपर्दा डोजर , एक्साभेटर, रोलर ग्रडर आदिको दर सडक विभागबाट काय गरिएको प्रति घण्टाको भाडादर  अनुसार हुने जनाएको छ । निर्णय अनुसार निर्माण कामको लागि श्रमिक ज्यामीहरु प्रतिदिन ७९० रुपैयाँ ज्याला लाग्ने भएको छ ।

    आर्थिक वर्ष २०७७ ७८ अर्थात अघिल्लो आर्थिक वर्षमा ७५० रुपैयाँ प्रतिदिन ज्याला थियो । यस्तै, अर्धदक्ष मजदुर भनेको डकर्मी, सिकर्मी, नकर्मी, त्यस्तै, चित्रकार प्लम्बर इलेक्ट्रोसियन, जुनियर सुपरर्भाजर, नदी निरिक्षण्क आदिको  प्रति दिन ज्याला ८९० रुपैयाँ तोकेको छ । अघिल्लो वर्षभन्दा ४५ रुपैयाँले बढि बृद्धि गरेको हो ।

     
    यसैगरी वोलेरो ४ व्हील डवल पिकअप भाडा  इन्धन र चालक समेत गरी प्रतिदिन ५५०० रुपैयाँ ज्याला तोकेको छ । 

    मेशिन औजार सामान तथा विवि विषयमा जिप्रकाले तोकेको मूल्य यस्तो छ पूरा विवरण हेनुस् :

     

    साताको लोकप्रीय