बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द 

बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द 

अर्थ डबली
मंगलवार, मंसिर ३० २०७७
अर्थ डबली
मंगलवार, मंसिर ३० २०७७ (अर्काइभ बाट)
  • बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द 

    काठमाडौँ / बैंक अफ काठमाण्डू लिमिटेडले “८.५ प्रतिशत बिओके डिबेञ्चर २०८६” को सार्वजनिक निष्काशन यही मंसिर २९ गतेदेखि बन्द गरेको छ । 

    images
    images

    सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ता महानुभावहरुको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट गत मंसिर २४ गतेदेखीे निष्काशन खुल्ला गरेको थियो । 

    बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ता महानुभावहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको कम्पनीले जनाएको छ । 

    यस बैंकद्वारा निष्काशन गरिएको ऋणपत्रमा लगानीकर्ता महानुभावहरुकोे सहभागिताले यस बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनीयतालाई पुष्टी गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
     
    बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो । 

    कम्पनीले यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नेे सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंकहरु तथा सम्बन्धित सबैं नियमन निकायहरुमा धन्यवाद व्यक्त गरेको छ । 

    बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

    साताको लोकप्रीय