नेप्सेमा ५० अर्ब बराबरको सरकारी विकास ऋणपत्र सूचिकृत

नेप्सेमा ५० अर्ब बराबरको सरकारी विकास ऋणपत्र सूचिकृत

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • नेप्सेमा ५० अर्ब बराबरको सरकारी विकास ऋणपत्र सूचिकृत

    काठमाडौँ / नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन भएको तीनओटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । 

    images
    images

    उक्त ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार यही मंसिर ५ गतेको निर्णय अनुसार सूचीकण भएको नेप्सेले जनाएको हो । 

    नेप्सेको अनुसार राष्ट्र बैंकले गत असोज १२ गते निष्काशन गरेको २०८६ “घ”, असोज २१ गते निष्काशन गरेको २०८४ “घ” र गत कार्तिक २० गते निष्काशन गरेको २०८७ “घ” विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । 

    २०८६ “घ” विकास ऋणपत्र २० अर्ब रुपैयाँको रहेको छ भने ब्याजदर ४.७७ प्रतिशत रहेको छ । त्यस्तै, २०८४ “घ” विकास ऋणपत्रको ब्याजदर ४.१४ प्रतिशतको रहेको छ भने १० अर्ब रुपैयाँको रहेको छ । यसैगरी २०८७ “घ” विकास ऋणपत्र २० अर्बको रहेको छ भने ब्याजदर ४.१४ प्रतिशत तोकिएको छ । 

    bikas rinpatra.JPG

    साताको लोकप्रीय