स्वस्थ र तन्दुरुस्तीको लागि बहुगुणी मेवाको फाइदै फाइदा, तपाईलाई सुन्दर बनाउनदेखि स्वास्थ राख्नसमेत खेल्छ भूमिका 

स्वस्थ र तन्दुरुस्तीको लागि बहुगुणी मेवाको फाइदै फाइदा, तपाईलाई सुन्दर बनाउनदेखि स्वास्थ राख्नसमेत खेल्छ भूमिका 

अर्थ डबली
शुक्रवार, साउन ८ २०७८
अर्थ डबली
शुक्रवार, साउन ८ २०७८ (अर्काइभ बाट)
  • स्वस्थ र तन्दुरुस्तीको लागि बहुगुणी मेवाको फाइदै फाइदा, तपाईलाई सुन्दर बनाउनदेखि स्वास्थ राख्नसमेत खेल्छ भूमिका 

    मेवा सामान्यतया फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । यसको सेवनले मानव शरिरमा विभिन्न प्रकारका फाइदाहरु दिने हुनाले पनि मेवाको नियमित सेवन गर्नु हितकारी छ । मेवाको खानुको फाइदारे हामी धेरैलाई जानकारी छ । 

    images
    images

    त्यसमध्ये मेवालाई विभिन्न तरिकाले उपयोगमा ल्याउन सकिन्छ । आजकलको व्यस्त समयमा दिनभर काम गर्दा भोगिएका घटनाक्रमहरुले मानसिक तनाव पनि उत्तिकै हुने गर्दछ । 

    यस्तोमा नियमित मेवाको सेवन गर्दा उक्त तनाव तथा शारिरीक थकान हटाउन सहज हुन्छ । एक अध्ययनका अनुसार २०० मिलिग्राम भिटामिन सी ले हाम्रो शरिरमा रगतको बहावलाई नियन्त्रण गर्ने हुनाले पनि तनाव कम हुन्छ ।

    १. मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ ।

    २. मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ । 

    ३. मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरिरमा भएको कोलस्ट्रोल नष्ट गर्ने तथा थप कोलस्ट्रोल बन्नबाट रोक्छ । मुटुको समस्याहरु कोलस्ट्रोलबाट शुरु हुने भएकोले पनि शरिरको कोलस्ट्रोल नियन्त्रीत राख्नु पर्दछ । कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

     ४. मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई नष्ट गर्छ । 

    ५. मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ । 

    ६. शरिरको तौल बढेर हैरान भएकाहरुका लागि मेवा वरदान नै हो । न्यून क्यालोरी भएको मेवा खाँदा पेट छिटै भरिने तथा यसमा भएको फाइबर तत्वले ट्वाइलेट जाँदा पेट सफा बनाउने भएकाले यसले तौल घटाउने कार्यमा सहयोग गर्दछ । उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ । 

    ७. हाम्रो व्यस्त जिवनशैलीको कारण बजारतिर जस्तो पाइन्छ त्यस्तै खानेकुरा खाइने तथा जंक फुडको प्रयोग अधिक गर्नाले हाम्रो पाचन स्वास्थमा असर पारिरहेको हुन्छ । यस्तोमा नियमित मेवाको सेवन गर्नाले हाम्रो पाचन क्रियामा सक्रिय हुने इन्जाइमलाई बलियो बनाउने तथा यसमा रहेको फाइबर तत्वले पाचन क्रियालाई सहज बनाउने हुनाले पनि मेवा पाचन कार्यको लागि सहयोगी छ । मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ । 

    Mewa, frouit.JPG

    ८. खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ । 

    ९. मेवा भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ । 

    १०. जलनशिल विरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पु¥याउँछ । खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई यो लाभदायी मानिन्छ । यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ । 

    ११. कतिपय महिलालाई महिनावारी हुँदा खपिनसक्नु पिडा हुने गर्दछ । यस्तोमा मेवाको प्रयोग गर्दा यसमा रहेको ‘पापाइन’ नामक तत्वले रगतको बहावलाई नियमित गर्ने हुँदा महिनावारीको बेला हुने पिडालाई कम गर्दछ । मेवाको नियमित खाँदा महिनावारीलाई पनि नियमित बनाउछ । 

    १२. मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ । 


    १३. विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउँछ ।

    १४. मेवाले यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउँछ ।

    १५. अनुसन्धानकर्ताहरुले भाले बाँदरमा गरेको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ । त्यसैल पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ । 

    १५. मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने अनुसन्धानदाताहरुले पुष्टि गरेका छन् । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।

    १६. हाम्रो दैनिक स्वभावका कारण शरिर विभिन्न रोगहरुको जोखिममा हुने गर्छ । यस्तोमा मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ । एउटा सिंगो मेवामा शरिरलाई चाहिने भिटामीन ‘सी’ को आवश्यकताको तुलनामा २ सय प्रतिशत हुने हुँदा यसले शरिरलाई निरोगी बन्न मद्दत गर्दछ । 

    १७. मधुमेहबाट पिडितहरुले गुलियो खान नपाउँदा दिक्क मान्ने गरेका हुन्छन् । यस्तोमा पाकेको मेवा सेवन गर्दा गुलियोको तिर्सना पनि मेटिने तथा यसमा सुगरको मात्रा अति न्यून हुनाले मधुमेह रोगीलाई मेवा अत्यन्त्यै उपयोगी हुन्छ । त्यस्तै मधुमेह नभएकाहरुले पनि मेवा सेवन गर्नाले यो रोग लाग्नबाट बच्न सकिन्छ ।

     १८. मेवामा भिटामीन ए पनि प्रशस्त पाइने हुँदा यसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्दछ । शरिरको अति महत्वपूर्ण अंग आँखाको ज्योतीलाई जोगाइ राख्ने हो भने सुपथ र सहज तरिका मेवाको सेवन गर्न हिच्कीचाउनु भएन । 

    १९. एक अध्ययनका अनुसार भिटामिन सी कम प्रयोग गर्ने मानिसहरुको शरिरमा हाडजोर्नीको समस्या अन्यको तुलनामा ३ गुणा बढि हुन्छ । सोही कारण पनि प्रशस्त मेवा खानाले शरिरमा हुन सक्ने हाडजोर्नीको समस्याबाट बच्न पनि मेवा सेवन गर्नुपर्छ । 

    २०. उमेर घर्किदै जाँदा पनि उमेर भन्दा अनुहार कलिलै देखियोस् भन्ने चाह सबैमा हुन्छ । तथापी खान्की स्वभावले त्यो सम्भव भइरहेको हुँदैन । यस्तोमा भिटामिन सी, इ, एन्टिअक्सिडेन्ट जस्ता तत्वले भरिपूर्ण मेवाको सेवनले शरिर तन्दरुस्त हुनुको साथै कलिलो पनि देखिन्छ । यि तत्वहरुले छाला चाउरिन नदिने तथा छाला गढ्ने समस्यालाई कम गर्ने हुनाले पनि अनुहार तथा शरिरको अन्य भागलाई कलिलो देखाउन मद्दत गर्दछ । 

    २१. मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरिरको कोषहरुलाई मर्न दिंदैन । त्यस्तैगरी अध्ययनहरुले देखाएअनुसार मेवा खाने पुरुषको शरिरमा पेट तथा प्रोस्टेट क्यान्सरको खतरा कम हुने गरेको छ ।

    साताको लोकप्रीय