टिभिएस एनटर्क रेस एडिसन ‘बेस्ट इन क्लास : पिक–अप, पावर, पफर्मेन्स, बेटर देन एफआई’ नाराका साथ बजारमा 

टिभिएस एनटर्क रेस एडिसन ‘बेस्ट इन क्लास : पिक–अप, पावर, पफर्मेन्स, बेटर देन एफआई’ नाराका साथ बजारमा 

अर्थ डबली
शुक्रवार, श्रावण ८ २०७८
अर्थ डबली
शुक्रवार, श्रावण ८ २०७८ (अर्काइभ बाट)
  • टिभिएस एनटर्क रेस एडिसन ‘बेस्ट इन क्लास : पिक–अप, पावर, पफर्मेन्स, बेटर देन एफआई’ नाराका साथ बजारमा 

    काठमाडौँ / टिभिएस एनटर्क १२५ स्कूटर, टिभिएस मोटर कम्पनीद्वारा निर्मित रहेको छ । टिभिएस एनटर्क १२५ फेब्रुअरी २०१८ मा नेपाली बजारमा सार्वजनिक गरिएको थियो । 

    images
    images

    स्कूटरमा ब्लुटुथ जडितपूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिंग आदि जस्ता विशेषता भएको कम्पनीको दाबी छ । 

    सन् २०१८ मा, टिभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरिएको थियो र यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित गर्न सक्षम भएको कम्पनीको भनाई छ । 

    केहि वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको पर्यायवाचीमा योे स्थापित भएको कम्पनीको दावी छ । 

    एक वर्षपछि, सन् २०१९ मा यो नेपालको सबै भन्दा छिटो बृद्धि गर्ने स्कूटरको रूपमा परिचित हुन सफल भएको छ । सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रीमियम स्कूटरको रूपमा स्थापित भएको कम्पनीको भनाई छ ।

    टिभिएसको कस्टोमर डिमान्डको सोल अथोराइज्ड डिस्ट्रिब्युटरको रूपमा, जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएस एनटर्क रेस एडिसनलाई ‘बेस्ट इन क्लास : पिक–अप, पावर, पफर्मेन्स, बेटर देन एफआई’  नाराको साथ नेपाली बजारमा भर्चुअल लन्चद्वारा जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको छ ।

    साताको लोकप्रीय