आज बसेको प्रतिनिधिसभाको बैठक कसले के भने ?- भ्रष्ट्रचारको भाइरसलाई नियन्त्रण गरौं [ फोटो सहित ]

आज बसेको प्रतिनिधिसभाको बैठक कसले के भने ?- भ्रष्ट्रचारको भाइरसलाई नियन्त्रण गरौं [ फोटो सहित ]

अर्थ डबली
शुक्रवार, श्रावण ८ २०७८
अर्थ डबली
शुक्रवार, श्रावण ८ २०७८ (अर्काइभ बाट)
  • आज बसेको प्रतिनिधिसभाको बैठक कसले के भने ?- भ्रष्ट्रचारको भाइरसलाई नियन्त्रण गरौं  [ फोटो सहित ]

    काठमाडौं / संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने सत्तारुढ दलहरुले स्पष्ट पारेको छ । 

    images
    images

    प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दलका नेताहरुले यस्तो बताएका हुन् । प्रतिनिधि सभाको बैठकमा नेताहरुले विगत साढे तीन वर्षको समयमा तत्कालीन सरकारले पानीजहाज चलाउने, रेल गुडाउने योजना पूरा गर्न नसकेकोप्रति व्याङ्ग्य गरेका थिए ।

    कानून अनुसार नचल्दा के हुन्छ भन्ने उदाहरण स्वरुप नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको टिप्पणी बैठकमा उठेको थियो । 

    विगतको सरकारले विधि र कानून मिच्दा सङ्कट पैदा भएको उल्लेख गर्दै पाँच दलको प्रयास र अदालतको आदेशले मुलुकले निकास पाएको स्पष्ट पारे ।

    pratinidhi sabh-2.JPG

    सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार मुलुकलाई दिशाहीन अवस्थाबाट निकास दिन सफल भएको बताएका छन् । 

    नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंह : भ्रष्टाचारको भाइरसलाई नियन्त्रण गरौं

    आफ्नै पार्टीलाई व्यवस्थित गर्न नसकी विधि मिचेर अघि बढेकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको बहुमतको सरकार बाहिरिनुपरेको छ । यसैले यस्तो अवस्था आउन दिनु हुँदैन । 

    पार्टी विधि र प्रक्रिया मिचेर प्रक्रिया नअपनाइ जान खोज्दा संविधानको रक्षाका लागि दल मिलेर संवैधानिक र राजनीतिक बाटो अपनाउने गरी अघि बढेको छ । सत्तामा हुँदा एउटा कुुरा गर्ने र विपक्षमा बस्दा अर्को कुरा गर्दा त्यसलाई कसैले पनि महत्व दिदैन । 

    विगत साढे तीन वर्षको समयमा तत्कालीन सरकारले पानीजहाज चलाउने, रेल गुडाउने योजना पूरा गर्न  सकेन । तर, बर्तमान सरकारले संविधानको भावना, मर्म र विधिको शासन पालना गरेर आफ्नो कार्य अघि बढाउने विश्वास दिन्छु । 

    प्रधानमन्त्री देउवाले कोरोना भाइरस नियन्त्रण र खोपका बारेमा विश्वासको मत लिने दिनमा नै प्रतिबद्धता गरिसकेका छन् । 

    prakashman shinha.JPG

    प्रधानमन्त्री देउवाले खोप, खोप र खोप भनेर तेहेरयाउनुभएको छ । प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराउँछु । वर्तमान सरकारले कोरोना भाइरस जस्तै मुलुकमा फैलिएको भ्रष्टाचारको भाइरसलाई नियन्त्रण गरौं सफलताका साथ नियन्त्रण गर्ने विश्वास व्यक्त गर्दछु । 

    संविधानको भावना र मर्मअनुरुप लोकतन्त्रलाई संस्थागत गर्न आएको विधेयक विगतको सरकराले ध्यान नदिँदा थाति रहेका छन् । सहजरुपमा अघि बढाउन पनि अनुरोध गर्दछु ।  नेपाली काँग्रेस भरोसाको पार्टी हो भनेर स्थापित  गर्नुपर्दछ । 

    हरिबोलप्रसाद गजुरेलः अघिल्लो सरकारले पटकपटक कानून मिचेको छ । 

    विसं २०४७ को संविधानमा टेकेर दुई÷दुई पटक संसद् विघटन गर्दा झण्डै दुई तिहाइको विगतको सरकार बाहिरिएको इतिहास छ । 

    संविधानको भावनाविपरीत कोही पनि जान नपाओस् भनेर संविधानमा नै स्पष्टरुपले  लेखेको छ । 

    दलले सरकार बनाउन नसक्दा बहुमत सदस्य भएपछि प्रधानमन्त्री हुन पाउने व्यवस्था राखिएको  छ । अघिल्लो सरकारले पटकपटक कानून मिचेको छ । 

    haribol gajurel.JPG

    पहिलो संसद् विघटन हुँदा तत्कालीन पार्टी नेकपामा र संसदीय दलमासमेत छलफल नभएका विषय छन् । संसद् विघटन दलीय प्रणालीको विशेषता हो ?  अनुशासन त्यही हो ? अनुशासन कसले मान्ने ? सबैभन्दा माथिकाले मान्ने हो नी ।” 

    आफू अनुशासन पालना नगर्ने, पार्टीलाई बेवास्ता गर्ने, लिखित सम्झौता पूरा नगर्न, अनि ठूला कुरा गरेर हुन्छ ? ” अहिलेको यो जीत जनताको जीत हो सबै नेताको साथ पाएर आज यो ठाउँमा मुलुक आइपुगेको छ । 

    नयाँ निरंकुशता लाद्ने प्रयास असफल भएको छ । सरकार अदालतबाट नभई निर्वाचित सांसदको बहुमतले बनेको प्रष्ट्याए ।  अदालतले संविधानको व्याख्या मात्रै गरेको हो । 

    pratinidhi sabha.JPG

    मुलुकलाई सङ्कटबाट बचाउन महत्वपूर्ण योगदान दिने पाँच राजनीतिक दललाई धन्यवाद भनौं । मुलुकलाई सही दिशामा लैजानका लागि प्रधानमन्त्री देउवालाई महत्वपूर्ण अवसर प्राप्त भएको छ । 

    ratna shretha.JPG

    durga paudel.JPG

    साताको लोकप्रीय