कांग्रेस नेता धनराज गुरुङको टिप्पणीः कानुन भन्दा माथि सरकार हुँदैन, झलनाथको उपचार खर्चको निर्णय सच्याउ 

कांग्रेस नेता धनराज गुरुङको टिप्पणीः कानुन भन्दा माथि सरकार हुँदैन, झलनाथको उपचार खर्चको निर्णय सच्याउ 

अर्थ डबली
शनिवार, साउन ९ २०७८
अर्थ डबली
शनिवार, साउन ९ २०७८ (अर्काइभ बाट)
  • कांग्रेस नेता धनराज गुरुङको टिप्पणीः कानुन भन्दा माथि सरकार हुँदैन, झलनाथको उपचार खर्चको निर्णय सच्याउ 

    काठमाडौं / नेपाली कांग्रेसका नेता धनराज गुरुङले कानुन भन्दामाथि सरकार नहुने बताउँदै  पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि मन्त्रीपरिषदले गरेको निर्णय सच्याउन आग्रह गरेका छन् । 

    images
    images

    जनस्वास्थ्य ऐन २०७५ प्रतिकूल हुनेगरी पुर्ब प्र.म. झलनाथ खनालको सम्पुर्ण स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने मन्त्रीपरिषदको निर्णय सच्याउन नेता गुरुङले ट्वीटमार्फत आफ्नो टिप्पणी राखेका हुन् । सत्तारुढ दलकै नेता गुरुङले सक्षम व्यक्तिले राज्यकोषको रुपैयाँ दुरुपयोग गर्न नहुने बताउँदै आएका छन् । 

    त्यो कनुन विपरित समेत हुने भएकोले बरु पूर्व खनाल असहाय नै छन् भने ‘झलनाथ खनाल उपचार कोष बनाएर चन्दा माग्दा कानुन सम्मत हुने उल्लेख गरेका छन् । 

    त्यस्तै, अर्को एक ट्वीटमा उनले मलेसियाबाट नेपालीहरुको लास आइरहेको समाचार छ । देशभित्रै रोजगारी दिने भाषण दिएर नथाक्ने नेतृत्वसँग रोजगारी सिर्जना गर्ने दृष्टिकोण नभएको बताएका छन् । 
    उत्पादन क्षेत्र पहिचान बिनाको लगानीबाट रोजगारी सिर्जना हुँदैन। यही कमजोरीका कारण रोजगारीका लागि विदेशिएका युवाहरु लास बनेर फर्किएको दावी उनको छ । 

    साताको लोकप्रीय