तपाई पैसा त कमाउनुहुन्छ तर, पटक्कै बचत भइरहेको छैन ? पढ्नुस् दर्जन टिप्स 

तपाई पैसा त कमाउनुहुन्छ तर, पटक्कै बचत भइरहेको छैन ? पढ्नुस् दर्जन टिप्स 

अर्थ डबली
शनिवार, साउन ९ २०७८
अर्थ डबली
शनिवार, साउन ९ २०७८ (अर्काइभ बाट)
  • तपाई पैसा त कमाउनुहुन्छ तर, पटक्कै बचत भइरहेको छैन ? पढ्नुस् दर्जन टिप्स 

    तपाई पैसा कमाउनुहुन्छ तर, पटक्कै बचत भइरहेको छैन ? कमाउनुहुन्छ तर, सधैं खल्ती रित्तै ! एकदिन काम धाम छाडेर आफैंलाई सोच्ने समय निकाल्नुस् । गहिरिएर सोच्नुस् । नियाल्नुस् । आफ्ना दैनिक कृयालापको अवलोकन गर्नुस् । स्मरण गर्नुस् । डाटा निकाल्नुस् । अनिवार्य विषयहरु छनोट गर्नुस् ।  अर्थशास्त्री स्टुअर्ट रदरफोर्डको भनाई ख्याल गर्नुस् । स्टुअर्टले भनेका छन्–बचत धनी मानिसले मात्र गर्ने कुरा होइन । 

    images
    images

    बरु यो गरीबहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ ।  यी खास कुरा सोचिएन भने त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ। पढ्नुस दर्जन  टिप्सहरु 

    १. उपहार योजनाबाट नलोभिनुस्। 

    तपाई त्यस्ता उपहार योजनाबाट लोभिनु हुँदैन । यसले खर्च बढाउँछ । तर, खास आवश्यकता पुरा गर्दैन । यसैले आफूलाई चाहिएको कुरा मात्र किन्नुस् । र आवश्यक परेको बेला मात्र किन्नुस्। खर्च गर्नुअघि १० पटक सोच्नुहोस् कि यो मेरो आवश्यकता हो कि होइन भनेर । यदि तपाईंको आवश्यकता होइन भने खर्च गर्नतिर नलाग्नुहोस् ।

    २.आधा बचाउने कुरा 

    तपाई एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने सम्झनुस् तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ। यसैले बचत कसरी हुने रहेछ आफूलाई सम्हाल्नुस् । 

    ३.प्रलोभनबाट बच्नुस् ।

    प्रलोभनबाट बच्नुस् कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस्।यस्तै कुनै चिट्ठा वा बाजी मार्ने कार्यबाट बच्नुस् । 

    ४. खानपानको खपत र खरिद

    तपाईको कस्तो स्वादे जिब्रो छ । खानपानमा कत्तिको सौखिन हुनुहुन्छ ? बास्तविकता तपाईको शैलीभन्दा फरक हुन सक्छ । डिपार्टमेन्ट स्टोरबाट महँगा सामान खरिद गर्दा ठूलो पोषणयूक्त खाना आउँदैन । धेरै मिठा र महँगा खानपान शैलीले तपाईको आयू लम्ब्याउने होइन । खानपानको बजेटबारे ख्याल राख्नुस् खपत गर्ने सामान मात्र खरिद गर्नुस्।

    ५. पैसाको प्रयोग गर्न सिक्नुस्ः 

    सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस् कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ। आफ्नो हातैबाट पैसा जाँदा अनुभव हुन्छ ।
    प्रयोग भइसकेका सामान किन्नुस् यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित।

    ६.अनावश्यक कुरा बेच्नुस।

    तपाईसँग भएका अनावश्यक कुरा नराख्नुस् । त्यसलाई बेचेर पैसा कलेक्सन गर्नुस ।  ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस्। जसले तपाईको क्लिनियर्स देखाउँछ ।

    ७. आम्दानीलाई बचतमा लैजाने । 

    सबै मानिसको सोच शक्तिशाली बन्ने हुन्छ । तर विभिन्न कारणले उनीहरु शक्तिमा पुग्न सक्दैनन् । शक्तिमा पुर्‍याउने सबैभन्दा ठूलो भर्‍याङ भनेको पैसा हो । पैसा कमाउन मात्र होइन वचत गर्न जानियो भने मात्र मानिस धनी बन्छ । सँगसँगै शक्तिशाली पनि ।
    कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ ।

    ८. पैसाको सदुपयोग । 

    धनी बन्न त्यति सजिलो छैन । मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ ।


    ९. अर्थशास्त्री स्टुअर्ट रदरफोर्ड लाईको भनाई ख्याल 

    स्टुअर्टले भनेका छन्–बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरीबहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । तर, २ र ४ हजार वचत गरेर के नै हुन्छ र भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ।

    १०. फजुल खर्च कटौती । 

    आजको स– सानो बचतले भोलि तपाईलाई ठुल्ठुला आर्थिक भारबाट जोगाउन सक्छ । त्यसैले आफ्नो कमाइबाट बचत गर्नुहोस् । तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने रु त्यो यकिन गर्नुहोस् । म यति रुपैयाँचाहीँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ ।

    ११. दैनिक १० रुपैयाँले वर्षमा ३६५० पुग्छ ।

    एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन । तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ । एक वर्षसम्म दैनिक १० रुपैयाँ मात्रै जम्मा गर्ने हो भने एक वर्षमा करिव ३,६५० रुपैयाँ हुँन्छ । तपाईं सिगरेट पिउनुहुन्छ भने दिनको एउटा सिगरेट कम गर्नुहोस् । र, त्यो पैसा बचत गर्नुहोस् ।

    १२. वित्तिय संस्थामा पैसा राख्नुस् । 

    अनि यसरी बचत गरेको पैसा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाहरुमा राख्नुहोस् । यी संस्थाहरुले ब्याज दिन्छन् । र, तपाईको पैसाको सुरक्षा पनि राम्रो हुन्छ ।
    बैंकको ब्याजले मात्रै पनि पुग्दैन । त्यसैले यसरी बचत गरेको पैसाले बीमा गर्नुहोस् । बीमा गर्नुभयो भने तपाईंले आफ्नो लाखौंको जोखिम न्यूनिकरण गर्न सक्नुहुन्छ । बीमा गर्नका लागि खर्च गरिएको रकम पनि बचत नै हो ।

    *विभिन्न एजेन्सीको सहयोगमा 

     

    साताको लोकप्रीय