बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सफ्टवेयर अनिवार्य, बीमा गर्नका लागि एकैपटक ठूलो रकम आए स्रोत खोजिने 

बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सफ्टवेयर अनिवार्य, बीमा गर्नका लागि एकैपटक ठूलो रकम आए स्रोत खोजिने 

अर्थ डबली
सोमवार, श्रावण ११ २०७८
अर्थ डबली
सोमवार, श्रावण ११ २०७८ (अर्काइभ बाट)
  • बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सफ्टवेयर अनिवार्य, बीमा गर्नका लागि एकैपटक ठूलो रकम आए स्रोत खोजिने 

    काठमाडौँ / बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय सफ्टवेयर goAML (anto Money Laundering System) अनिवार्य रूपमा लागू गरिने भएको छ । 

    images
    images

    समितिले यही साउन महिनाभित्रा बीमा क्षेत्रको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीको विरूद्धमा यो सफ्टवेयर लागू गर्ने भएको हो । 

    यसअघि नमुना परिक्षणका रूपमा विभिन्न पाँचवटा जीवन बीमा कम्पनीहरूबाट लागू गर्न शुरू गरिएको गो एएमएल साउन महिनाभित्र सबै बीमा कम्पनीहरूमा अनिवार्य लागू गरिने समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । 

    इजाजत प्राप्त सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरूका लागि गो एएमएल सञ्चालन सम्बन्धी सैद्धान्तिक एंव व्यवहारिक जानकारी दिन आज काठमाडौँमा एक अन्तर्क्रियाको आयोजना समेत गरिएको थियो । 

    अन्तक्र्रियामा सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमा क्षेत्रमा गो एएमएल सफ्टवेयरबाट रिपोर्टिङग गर्ने विषयमा छलफल भएको बताइएको छ । 

    सो कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले एक बीमालेख अन्तर्गत पहिलो प्रिमियम वापत एकैपटक ठुलो रकम लिएर बीमा गर्ने र बीमितले ८/१० महिनाभित्रै सरेण्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शङ्कास्पद रहेको बताए । 

    उनले यस बारेमा शुरूमै नेपाल राष्ट्र बैँकस्थित वित्तिय जानकारी इकाईलाई जानकारी गराउन बीमा कम्पनीहरूलाई निर्देशन दिए । 

    बीमा कम्पनीहरूमा बीमा गर्नका लागि एकैपटक ठुलोे रकम आएमा त्यसको स्रोत के हो र कहाँबाट आयो भन्ने जानकारी लिएर गो एएमएल मार्फत एफआईयुलाई जानकारी गराउनुपर्नेछ । 

    त्यसो नगरेमा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन , २०४९ र सम्पत्ति शुद्धीकरण आतङ्कारी क्रियाकलाप वित्तीय लगानी निवारण सम्बन्धी कानून बमोजिम कारबाही हुने उनले बताए ।

    साथै, उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण र शङ्कास्पद लगानी हुन नदिनका लागि बीमा कम्पनीहरूलाई बारम्बार पत्राचार र निर्देशन दिएको बताए । 

    विगतका कमजोरीलाई सच्चायर बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शङ्कास्पद लगानी निवरणका लागि सदैव चनाखो र सजग हुन समेत कम्पनीहरूलाई उनको आग्रह छ । 

    बीमा समितिको आयोजनामा भएको सो कार्यक्रममा बीमा समिति र जीवन तथा निर्जीवन बीमा कम्पनीहरूका सम्पत्ति श्ुद्धिकरण निवारण विभागका पदाधिकारी एंव कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    बीमा कम्पनीका कर्मचारीहरुले कार्यक्रबाट प्राप्त गरेका गो एएमएल सञ्चालन सम्बन्धी जानकरी कम्पनीहरूका जिल्लास्थित शाखा कार्यलयहरूमा कार्यरत कर्मचारीहरुलाई समेत अवगत गराउने भन्ने विश्वास रहेको समितिले जनाएकोछ  । 

    साताको लोकप्रीय