ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक, नेक्स्ट जेनरेशन कम्यूनिकेशनको भविष्य लक्षित 

ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक, नेक्स्ट जेनरेशन कम्यूनिकेशनको भविष्य लक्षित 

अर्थ डबली
सोमवार, साउन ११ २०७८
अर्थ डबली
सोमवार, साउन ११ २०७८ (अर्काइभ बाट)
  • ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक, नेक्स्ट जेनरेशन कम्यूनिकेशनको भविष्य लक्षित 

    शन्चन् / ओपो रिचर्स ईन्स्टिच्यूटले आधिकारिकरुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर - ‘सिक्सजी एआई-क्यूब ईन्टेलिजेन्ट नेटवर्किंग’ सार्वजनिक गरेको छ ।

    images
    images

    आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई)ले कसरी सिक्सजी नेटवर्क आर्किटेक्चरको सशक्तिकरणमा कसरी तेवा पु-याउन सक्छ भन्ने दुरसञ्चार उद्योगकै पहिला पहिलो नमूनाका रुपमा यो ह्वाइट पेपरल अर्को पुस्ताको दुरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ । 

    सिक्सजी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाहरु  माथि प्रारम्भिक अध्ययनका लागि हाल ओपोल प्रि-रिसर्च (पूर्व शोध) टोलीको गठन गरेको छ ।

    सिक्सजीले एआईसंग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रुपमा स्थापित गराउन सकिन्छ भन्ने ओपोको विश्वास छ ।

    सिक्सजीद्वारा सञ्चारित स्मार्ट उपकरणहरु एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् । तिनले विभिन्न प्रयोग चरणहरु मार्फत एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिस्कृत एआई मोडलहरुका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्नेछ ।

    उदाहरणका लागि स्वचालित सवारीहरुमा सिक्सजी सञ्जालहरुले सवारीको अवस्थिती र वातावरण (समय र मोसम)का आधारमा उपयुक्त एआई अल्गोरिदमको उपयोग गर्दै इष्टतम (अप्टिमल) कम्यूनिकेशन कनेक्सनको छनोट गर्न सक्नेछन् ।

    अन्य सवारी साधन तथा उपकरणका अनुभवको अधारमा सवारीले तत्सम् एआई अल्गोरिदम डाउनलोड गरी उपयोगमा ल्याउन सक्नेछन् । यसले सवारीले यात्रुलाई सर्वाधिक सुरक्षित र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कार्यमा सघाउ मिल्ने छ ।

    ‘प्राविधिक विकास अग्रगामी हुनु पर्दछ । मोबाइल सञ्चार प्रविधि दशक लामो अवधिमा विकसित हुन्छन् र सन् २०३५देखि ब्यवसायिक उपयोगितामा आउने सञ्चार प्रविधिको आउँदो पीढीको मानकीकरण सन् २०२५मा सुरु हुने आशा गरिएको छ ।’, 

    ओपोका चिफ ५जी साईन्टिस्ट, हेनरी ट्यांगले भने, ‘सन् २०३५ नियाल्दा बौद्धिक एजेन्ट्स्ले ठूलो परिमाणमा मानव संख्यालाई पछि पार्ने ओपोको अनुमान छ । तसर्थ, आउदो पुस्ताको प्रविधि, सिक्सजीले मानव आवश्यकता मात्र नभई हरेक प्रकारका ईन्टेलिजेन्स र तिनका विभिन्न अन्तरक्रियात्मक आवश्यकताको पूर्ति गर्न सक्षम हुनुपर्ने देखिन्छ । यही उद्देश्यका साथ हामीले आफ्ना सुरुवाती प्राविधिक अध्ययन तथा प्रणालीगत डिजाइन अघि बढाएका छौँ ।’

    विद्यमान सञ्जाललाई दि कन्ट्रोल प्लेन (सीपी) र दि यूजर प्लेन (यूपी) गरी दूई आयाममा विभाजित गर्न सकिन्छ । यूपीको प्रमुख भूमिका प्रयोगकर्ताले प्रत्यक्षरुपमा उपभोग गर्न सकिने गति तथा ढिदाई जस्ता नेटवर्क परफरमेन्सका लागि  हुन्छ । त्यसैगरी सीपीको सम्बन्ध नेटवर्क कन्फिगरेशनसंग हुन्छ ।

    यसको जिम्मेवारी भनेको चलायमान अवश्थामा विभिन्न अवस्था, अवस्थिती तथा नेटवर्क नोड्स मातहतपनि स्थिर नेटवक अपरेसन प्रदान गर्नु हुन्छ । यूपीलाई सहरी ट्राफिकमा तिब्र गतिमा अगाडी बढी रहेको सावरी मान्ने हो भने, सीपीलाई रोड ट्राफिक नियन्त्रकका रुपमा लिन सकिन्छ ।

    साताको लोकप्रीय