सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग

अर्थ डबली
मंगलवार, साउन १२ २०७८
अर्थ डबली
मंगलवार, साउन १२ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग

    काठमाडौँ / सुनचाँदी व्यवसायी महासङ्घले प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र नीतिगत व्यवस्था गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । 

    images
    images

    महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेका माग सम्बोधन गर्न पहल गर्ने बताए । उनले व्यवसायीमाथि परेका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको स्पष्ट पारे । 

    नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले व्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    उनले सुनचाँदीको कारोबारसम्बन्धी ऐन नहुँदा सुनचाँदी व्यवसाय सञ्चालनमा समस्या आएको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या शीघ्र समाधान हुनुपर्ने आवश्यकता औँल्याए । 

    प्रधानमन्त्री देउवासँगको भेटका क्रममा महासङ्घका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराएका थिए । 

    साताको लोकप्रीय