रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सिइओ लोहनीले पाए पुनः नियुक्ति

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सिइओ लोहनीले पाए पुनः नियुक्ति

अर्थ डबली
मंगलवार, साउन १२ २०७८
अर्थ डबली
मंगलवार, साउन १२ २०७८ (अर्काइभ बाट)
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सिइओ लोहनीले पाए पुनः नियुक्ति

    काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नारायण बाबु लोहनीले पुनः नियुक्ति पाएका छन् । कम्पनीको यही साउन १ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई दोस्रो कार्याकालको लागि सिइओमा नियुक्त गरेको हो । 

    images
    images

    सिइओ लोहनीको नेतृत्वमा कम्पनीले संस्थागत सुशासन, उच्चतम प्रविधिको प्रयोग, अभिकर्ताहरूको वृहत सञ्जाल बनाई, लगानीको विविधीकरण गरी नेपाली बीमा कम्पनीहरूबीच खरो उत्रने लक्ष्य लिएको सूचना अधिकृत दिपेश बाबु तिवारीले बताए । 

    हाल कम्पनीको ८२ ओटा शाखा कार्यालयहरू रहेका छन् भने कम्पनीले एजेन्सी कार्यालयहरूमार्फत देशभर ३२ लाखभन्दा बढीलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।

    २०६४ मंसीर १८ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा कम्पनी रजिष्ट्रको कार्यालयमा दर्ता भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट २०७४ साउन १८ गते कारोबार गर्न इजाजत पत्र पाएको थियो । त्यस्तै, २०७४ भदौ १५ गतेदेखि जीवन बीमा सम्बन्धी कार्य गर्न बीमा समितिबाट स्वीकृति प्राप्त गरेसँगै कम्पनीले आफ्नो सेवा सुचारु गरेको हो । 

    साताको लोकप्रीय