के तपाईको उभिएर खाना खाने बानी छ ? तुरुन्तै परिवर्तन गर्नुहोस्, यसले प्रयाउनेछ स्वास्थ्यलाई गम्भिर असर 

के तपाईको उभिएर खाना खाने बानी छ ? तुरुन्तै परिवर्तन गर्नुहोस्, यसले प्रयाउनेछ स्वास्थ्यलाई गम्भिर असर 

अर्थ डबली
मंगलवार, श्रावण १२ २०७८
अर्थ डबली
मंगलवार, श्रावण १२ २०७८ (अर्काइभ बाट)
  • के तपाईको उभिएर खाना खाने बानी छ ? तुरुन्तै परिवर्तन गर्नुहोस्, यसले प्रयाउनेछ स्वास्थ्यलाई गम्भिर असर 

    खाने–पिउने बानीमा आएको परिवर्तन र समयको कमीको कारण तपाईंले प्रायः  होटल, विवाह वा कार्यालयहरूमा मानिसहरूलाई उभिएरै खाना खाइरहेको देख्नु भएको हुनुपर्छ। सायद यसअघि तपाईलाई यो विषयमा नोटिस गर्नुपर्छ जस्तो लागेन होला । यो पढिसकेपछि तर्पाले आफ्नो बदल्नु हुनेछ । 

    images
    images

    यदि तपाईंले जानेर वा अन्जानमा उभिएर खाना खानुहुन्छ भने, यस बानीलाई तुरुन्तै परिवर्तन गर्नुहोस्। 

    तपाईंको यो बानीले तपाईंलाई स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू निम्त्याउन सक्छ। हामी यहाँ उभिएर खाना खाँदा स्वास्थ्यमा हुने प्रमुख हानीहरूको चर्चा गर्दैछौँ  :

    पोषण विशेषज्ञ वरुण कात्यालका अनुसार उभिएर खाना खानु स्वास्थ्यको लागि राम्रो हुँदैन। यसरी तपाई चाडैँ खाना खान सक्नुहुन्छ जसको कारणले एक व्यक्तिले अतिरिक्त क्यालोरी खपत गर्दछ जुन मोटापा बढाउने प्रमुख कारण हो।

    Food eating.JPG

    उभिएर खाना खाँदा स्वास्थ्यमा हुने नोक्सानी 

    उभिएर खाना खाँदा, एक व्यक्तिलाई उसको भोकको सही विचार हुँदैन। अधिक भोजन खाँदा तपाईको पेट भरिन्छ । जसको कारण पेटमा खाना पचाउन धेरै कठिनाई हुन्छ। यसले सम्पूर्ण शरीरको संरचनामा पनि परिवर्तन गर्न सक्दछ।

    जब हामी उभिएर खाना खान्छौँ त्यस समयमा हाम्रो आन्द्रा खुम्चिएको हुन्छ र जसकारण  खाना राम्रोसँग पचाउन सकिदैन । 

    यसको असर हाम्रो पाचन प्रणालीमा पर्दछ र हामीलाई अपच, कब्ज, एसिडिटीको समस्याहरू हुन्छन्। यसकारण हामीलाई कहिलेकाँही बेचैनी हुन्छ । 

    उभिएर खाना खानाले खुट्टा र कम्मरमा असर गर्छ र दुख्न थाल्छ ।  यस बाहेक, जब एक व्यक्ति उभिएर खाना खान्छ भने उसको दिमागले पनि आराम गर्न पाउँदैन । जसको कारण त्यो व्यक्तिमा चिडचिडेपन बढ्न थाल्छ । 

    food.JPG

    यदि तपाईं उभिएर खाना खानुहुन्छ भने, तब घाँटीदेखि पेटसम्म खाना र पानी लैजाने एसोफेगस नलीको तल्लो भागमा नराम्रो प्रभावले अल्सरको समस्या उत्पन्न हुन सक्छ।

    खाना खाँदा उभिएर, खाना सिधा आन्द्रामा जान्छ। जसको कारणले कहिलेकाँही पेट दुख्ने र सुन्निने समस्या हुन्छ । यसबाहेक उभिए खाना खाएमा राम्रोसँग पचाउँन सकिदैन र पछि शरीरमा फ्याट र क्यालोरीको रूपमा जम्मा हुन्छ । जसले मोटोपना निम्त्याउँछ।

    साताको लोकप्रीय