एनएलजी इन्स्योरेन्स कम्पनीको साधारण सभा साउन २१ गते, यस्ता छन् प्रस्तावहरू

एनएलजी इन्स्योरेन्स कम्पनीको साधारण सभा साउन २१ गते, यस्ता छन् प्रस्तावहरू

अर्थ डबली
बुधवार, साउन १३ २०७८
अर्थ डबली
बुधवार, साउन १३ २०७८ (अर्काइभ बाट)
  • एनएलजी इन्स्योरेन्स कम्पनीको साधारण सभा साउन २१ गते, यस्ता छन् प्रस्तावहरू

    काठमाडौँ / एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं साधारण सभा साउन २१ गते बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा बस्ने भएको छ । 

    images
    images

    कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको ३२९ औं बैठकले सो निर्णय गरेको छ । सभाले सामान्य प्रस्तावहरूमा सञ्चालक समतिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपभर छलफल गरी स्वीकृत गर्नेछ भने लेखा परीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७७ असार मसान्तको वासलात, २०७६ साउन १ गतेदेखि २०७७ असार ३१ सम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु छलफल गरी स्वीकृत गर्नेछ । 

    सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०७७÷०७८ को लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७६÷०७७ सम्म मुनाफाबाट ५७ लाख ७० हजार ३९७ अर्थात ०.५२६३ प्रतिशत नगद लाभांश (करसहित)स्वीकृत गर्ने कम्पनीले जनाएको छ । 

    कम्पनीको विशेष प्रस्तावमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७६÷०७७ को सञ्चित मुनाफाबाट चुक्तापूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सय रुपैयाँको १० प्रतिशतका दरले १० करोड ९६ लाख ३६ हजार ५५० बानेस शेयर वितरण गर्ने प्रस्ताव रहेको छ । 

     बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ । 

    साताको लोकप्रीय