सामाजिक उत्तरदायित्वअन्तर्गत माछापुच्छ्रे बैंकद्वारा सल्लाघारीदेखि बासवारीसम्म वृक्षारोपण 

सामाजिक उत्तरदायित्वअन्तर्गत माछापुच्छ्रे बैंकद्वारा सल्लाघारीदेखि बासवारीसम्म वृक्षारोपण 

अर्थ डबली
शुक्रवार, साउन १५ २०७८
अर्थ डबली
शुक्रवार, साउन १५ २०७८ (अर्काइभ बाट)
  • सामाजिक उत्तरदायित्वअन्तर्गत माछापुच्छ्रे बैंकद्वारा सल्लाघारीदेखि बासवारीसम्म वृक्षारोपण 

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका – ३ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेको छ । 

    images
    images

    बैंकले यही साउन १५  काठमाडौँ महाराजगञ्जको मूल सडक सल्लाघारीदेखि न्युरो अस्पताल बासवारी सम्म १०० बिरुवा रोपण गरेको हो । 
    बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको बैकले जनाएको छ । 

    उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक के.सी.ले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरे । 

    बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरू, २ वटा एक्स्टेन्सन काउन्टरहरू लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा १०६ स्थानवाट ग्राहकहरूमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरू सञ्चालनमा रहेको छ । 

    news machhapuchre ne.JPG

    बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६७ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ३२८ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा भन्दा बढी एटीएमहरू तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।  

    साताको लोकप्रीय