संसारमा सबैभन्दा धेरै पटक कोरोना संक्रमण देखिएको यी व्यक्ति, जसले श्रीमतीसँग मागेका थिए मृत्युको औषधि

संसारमा सबैभन्दा धेरै पटक कोरोना संक्रमण देखिएको यी व्यक्ति, जसले श्रीमतीसँग मागेका थिए मृत्युको औषधि

अर्थ डबली
शनिवार, साउन १६ २०७८
अर्थ डबली
शनिवार, साउन १६ २०७८ (अर्काइभ बाट)
  • संसारमा सबैभन्दा धेरै पटक कोरोना संक्रमण देखिएको यी व्यक्ति, जसले श्रीमतीसँग मागेका थिए मृत्युको औषधि

    बेलायतमा कोरोना भाइरसको एक यस्तो केश देखियो कि जसको चर्चा विश्वभर भइरहेको छ । इंग्ल्यान्ड, ब्रिस्टलमा बस्ने एक ७२ बर्षिय बृद्धलाई ४३ पटक कोरोना पोजेटिभ देखियो । उनको नाम डेभ स्मिथ हो। बीबीसीको रिपोर्ट अनुसार उनलाई लगातार १० महिना कोभिड पोजेटिभ देखियो । 

    images
    images

    covid birami.JPG

    कुनै पनि व्यक्तिलाई यति लामो समयसम्म कोरोना संक्रमण देखिएको यो पहिलो केस हो । पेशाबाट अवकाशप्राप्त ड्राइभिङ प्रशिक्षक डेभ स्मिथलाई कोरोनाबाट संक्रमित भएपछि सात चोटि अस्पतालमा भर्ना हुनुपरेको थियो। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा स्मिथले बताए कि कसरी भाइरस धेरै दिनसम्म लगातार उसको शरीरमा रह्यो।

    स्मिथले भने, “मेरो शरीरमा इनर्जी बिल्कुल कम भएको थियो र असाध्यै मुश्किलले कुनै पनि सामान उठाउथें । एक रात मलाई ५ घण्टासम्म खोकी लाग्यो । मैले मेरा सबै आशाहरू त्यागेको थिएँ। मैले मेरा परिवारका सबै सदस्यहरूलाई बोलाएँ, सबैसँग शान्तपूर्वक कुरा गरे र उनीहरूलाई गुडबाइ बोले । 

    covid birami.JPG

    यति लामो समयसम्म बिरामी भएपछि स्थिको तौल ६३ किलोसम्म कम भएको थियो । स्मिथले आफ्नी श्रीमतीसँग भने, “यदि आज राति म मरे भने अचम्म नमान। जब म सुत्न जान्थें, म सोच्थें कि सायद म सुतेको सुत्यै शान्तिपूर्वक मरुँ ।”

    स्मिथले भने, “मैले आफ्नी श्रीमती लिन लाई भने कि मलाई जान देऊ। म आफैंमा फसेको महसुस गरिरहेको छु। यो अब नराम्रोबाट झन् झन् खराब भयो ।” सोही विषयमा लिनले भने, “कयौ पटक हामीलाई यस्तो लाग्यो, स्मिथ अब यसबाट लामो समयसम्म नजाओस् ।”

    स्मिथलाई एन्टि– भाइरल औषधिहरूको नयाँ मिश्रण गरी गरिएको उनको उपचार दुई हप्तासम्म गरियो । जब उनलाई आफ्नो डाक्टरबाट खबर आयो किन उनको रिर्पोट नेगेटिभ आयो कि उनलाई आफ्नो कानप्रति पनि विश्वास लागने । 

    Covid birami1.JPG

    यसपछि, डाक्टरहरूले उनलाई एक हप्तासम्म राखेर एक पटक पुनः कोभिड–१९ परीक्षण गर्ने सल्लाह दिए । उसले डाक्टरको सल्लाह मानेर परीक्षण गरे  एक हप्तापछि पनि उनको रिर्पोट कोरोना नेगेटिभ आयो । 

    स्मिथले आफ्नो कोभिड नेगेटिभ भइकेपछि खुशी मनाए । “हामीसँग लामो समयदेखि स्याम्पेनको बोतल थियो।” स्मिथले भने “सामान्यतयाः हामी पिउँदैनौं तर त्यो रात हामीले त्यो स्याम्पेनको बोतल खोलेर नकारात्मक रिपोर्ट मनाउँदछौं।”

    त्यहि समयमा डाक्टरहरूले भने कि नयाँ औषधि मिश्रणको साथसाथ स्मिथले आफ्नो दृढ संकल्पले कोरोना ठीक भएको सम्भावना पनि अस्वीकार गर्न सकिदैन। यो औषधि उनी माथि एक तरिकाले प्रयास गरियो र यो संयोग मात्र हो कि औषधिले पनि यसको प्रभाव देखायो।

    कोरोनाबाट २९० दिनपछि निको भएको यस घटनालाई वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । क्यान्सर बिरामी र किमोथेरापी उपचारपछि स्मिथका प्रतिरक्षा प्रणाली एकदम कमजोर भएको थियो। यो कारण यो हो कि उनलाई निको हुन यति लामो समय लाग्यो।

    covid birami.JPG

    ब्रिस्टल विश्वविद्यालयका वैज्ञानिकहरूले अब स्मिथको यस केसको अध्ययन गरिरहेका छन्। वैज्ञानिकहरूले कोरोनाभाइरस शरीर भित्र कहाँ लुक्छ र कसरी यो भित्र परिवर्तन हुन्छ भनेर बुझ्न कोशिस गर्दैछन्। सबैभन्दा लामो समय कोरोनामा संक्रमित भएको रेकर्ड स्मिथको छ।

    स्मिथ भन्छन्, “यो मेरो दोस्रो जीवन हो र अब म यो नयाँ जीवनमा के गर्ने भनेर सोचिरहेको छु। चाँडै म ७३ बर्षको हुनेछु तर मलाई थाहा छ अहिले मसँग केही राम्रो गर्ने क्षमता छ।

    साताको लोकप्रीय