कोरोना अपडेट : सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घण्टामा १८ जनाको मृत्यु 

कोरोना अपडेट : सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घण्टामा १८ जनाको मृत्यु 

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • कोरोना अपडेट : सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घण्टामा १८ जनाको मृत्यु 

    काठमाडौँ / नेपालमा कोरोना भाइरसबाट सक्रमित हुने सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ ।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमितहरु रहेका छन् । 

    मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना संक्रमित थपिएको जानकारी दिएका छन् । 

    योसँगै हालसम्म संक्रमित हुनेको कूल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । 

    गत २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । यससँगै मृतकको कूल संख्या ७५७ पुगेको छ । 

    उनका अनुसार सोमबार २ हजार ३३५ संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको कूल संख्या ९४ हजार ५०१ पुगेको छ । 

    साताको लोकप्रीय