यूनियन लाइफ इन्स्योरेन्सको आइपिओमा आजदेखि आवेदन दिन सकिने, सर्वसाधरणलाई कति कित्ता ? 

यूनियन लाइफ इन्स्योरेन्सको आइपिओमा आजदेखि आवेदन दिन सकिने, सर्वसाधरणलाई कति कित्ता ? 

अर्थ डबली
बिहिवार, आषाढ २४ २०७८
अर्थ डबली
बिहिवार, आषाढ २४ २०७८ (अर्काइभ बाट)
  • यूनियन लाइफ इन्स्योरेन्सको आइपिओमा आजदेखि आवेदन दिन सकिने, सर्वसाधरणलाई कति कित्ता ? 

    काठमाडौँ / यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओमा आज बिहीबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आजदेखि जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो । 

    images
    images

    यूनियन लाइफले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६४ लाख ५० हजारकित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता साम्रूहिक लगानी कोषका लागि र ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । 

    कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने आइपिओ खरिदका लागि छिटोमा असार २८ र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गरेर आवेदन दिन सकिने जनाएको छ । 

    हाल कम्पनीको संस्थापकतर्फको ७० प्रतिशत शेयरपूँजी १ अर्ब ५० करोड ५० लाख रहेको छ भने अब आइपिओ पश्चात कम्पनीको चुक्तापूँजी रू। २ अर्ब १५ करोड पुग्नेछ । 

    यूनियन लाइफलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ ।

    आइपिओ खरिदका लागि बिक्री प्रबन्धक कम्पनी, सि आस्वा सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरु र मेरो  शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । 

    आइपिओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महीनामै असार १३ गते अनुमति पाएको हो । 

    साताको लोकप्रीय