हेपाटाइटिसबाट बच्नका लागि आजैबाट छोड्नुहोस् यी ५ नराम्रा बानी, केके हुन् ?  हेर्नुस्

हेपाटाइटिसबाट बच्नका लागि आजैबाट छोड्नुहोस् यी ५ नराम्रा बानी, केके हुन् ?  हेर्नुस्

अर्थ डबली
आइतवार, साउन १७ २०७८
अर्थ डबली
आइतवार, साउन १७ २०७८ (अर्काइभ बाट)
  • हेपाटाइटिसबाट बच्नका लागि आजैबाट छोड्नुहोस् यी ५ नराम्रा बानी, केके हुन् ?  हेर्नुस्

    कहिलेकाहीँ तपाइँ अनजानमा त्यस्ता गल्तीहरु गर्नुहुन्छ जसले तपाइँको स्वास्थ्यलाई बिगार्छ। यस्तै हेपेटाइटिसको रोग हो, जुन धेरै हद सम्म तपाइँको स्वच्छ बानीहरु मा निर्भर गर्दछ।

    images
    images

    हेपाटाइटिस एक घातक रोग हो। हेपाटाइटिस कलेजो सुन्निने एक समस्या हो । प्रत्येक वर्ष लाखौं मानिस हेपाटाइटिसबाट संक्रमित हुन्छन् र हजारौं मानिसहरु यस रोग बाट पीडित हुन्छन् र आफ्नो ज्यान गुमाउँछन्। प्रायः रोग तपाईको आफ्नै बानी व्यवहारका कारण लाग्न सक्छन् । यसकारण यस घातक रोगबाट बच्न आजैबाट यी बानीहरूमा सुधार गर्नुहोस् । 

    जहाँ पायो त्यहाँको पानी पिउन

    यदि तपाइँ यात्राको शौखिन हुनुहुन्छ, तब तपाइँले पिउने पानी पनि परिवर्तन भइरहन्छ । धेरै ठाउँहरुमा पानी सफा र शुद्ध हुँदैन र प्रायः संक्रमणका कारण पानी नै हुन्छ । 

    यस्तो स्थितिमा, यदि तपाइँ कहीं बाहिर जानुहुन्छ भने तपाइँ घरबाहिर जाँदै हुनुहुन्छ भने साथमा एक बोतल पिउने पानी साथमा बोक्ने कोशिस गर्नुहोस् । 
     
    गाँजर, मूला या फलफूलहरू नधोइकन नखानुहोस्
    गाँजर, मूला या फलफूलहरू राम्रोसँग धोएर मात्र खानुहोस् । बजारमा फलहरु र तरकारीहरु सडकमा पाइन्छ । यस्ता तरकारीहरुलाई ताजा राख्नका लागि बारम्बार स्प्रे गरिन्छ। यस्तो स्थितिमा, यो धेरै जरूरी छ कि ती तरकारीहरु र फलहरुलाई घरमा लगेर राम्रोसँग धोएर मात्र खानुहोस् । 
     
    सिर्फ पानीले मात्रै हात धुन
    हेपाटाइटिस ए भाइरस शरीर बाहिर महिनासम्म बाँच्न सक्छ। यसैले तपार्इले सरसफाइमा विशेष ख्याल राख्नु पर्छ। यसका लागि, तपाइँ सधैं आफ्नो हातहरू जीवाणुरोधी साबुन, तरल ह्यान्डवाश वा सेनिटाइजरले सफा राख्नु पर्छ।

    मेकअपमा जस्तो पायो त्यस्तो प्रोडक्टहरू प्रयोग गर्न
    अरुको मेकअप उत्पादन कहिल्यै प्रयोग नगर्नुहोस्। यसको कारण यो हो कि मेकअपका सामन मानिसको व्यक्तिगत चिज हो यदि तपाई हेपाटाइटिसका रोगी होइन तर उसको शरीरमा भाइरस छ भने यसबाट सर्न सक्छ । यसकारण जस्तो पायो त्यस्तो मेकअप पोडक्ट, स्याम्पू, क्रिमआदिको माध्यमबाट तपाईलाई भाइरसको संक्रमण हुनसक्छ । 
     
    हाफ कुक सी–फूड खाना 
    धेरै मानिसहरु सी फूडलाई पानीमा हल्का पानीमा तताएर खान्छन्, तर त्यसो गर्न हेपाटाइटिसलाई बोलाउनु जस्तै हो । समुद्र वा नदीमा कुनै पनी प्रकारका ब्याक्टेरिया हुनसक्छ । यस्तो स्थितिमा, सी फूड पूर्ण रूपमा पकाएर या राम्रोसँग पकाएर मात्रै खानुहोस् । 

    साताको लोकप्रीय