बहु प्रतिक्षित होण्डा सिबि ३५० आर एस अब नेपाली बजारमा, मूल्य कति ? 

बहु प्रतिक्षित होण्डा सिबि ३५० आर एस अब नेपाली बजारमा, मूल्य कति ? 

अर्थ डबली
आइतवार, साउन १७ २०७८
अर्थ डबली
आइतवार, साउन १७ २०७८ (अर्काइभ बाट)
  • बहु प्रतिक्षित होण्डा सिबि ३५० आर एस अब नेपाली बजारमा, मूल्य कति ? 

    काठमाडौँ / बहु प्रतिक्षित होण्डा सिबि ३५० आर एस नेपाली बजारमा सार्वजनिक भएको छ । 

    images
    images

    नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिबि ३५० आर एस शनिबार सार्वजनिक गरेको हो । 

    नेपालमा होण्डा सिबि मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस आर बि ३५० आरएसले पनि नेपाली बाइकरहरूको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ ।

    आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरूको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ ।

    Honda1.JPG

    मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरूमा उपलब्ध छ ।

    यस बाइकको धेरै मध्येका केही विशेषताहरूमा एड्भान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज आदि रहेका छन् । 

    नेपाली बजारमा यस सिबि ३५० आरएसको मूल्य रु ७ लाख ७५ हजार तोकिएको छ ।

    साताको लोकप्रीय