बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

अर्थ डबली
आइतवार, श्रावण १७ २०७८
अर्थ डबली
आइतवार, श्रावण १७ २०७८ (अर्काइभ बाट)
  • बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

    काठमाडौँ / नेपाली बजारमा सुजुकीको बहुप्रतिक्षित बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर भित्रिएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रा.लि.ले निषेधाज्ञाकै समयमा उक्त स्कुटर बजारमा ल्याएको हो । 

    images
    images

    कम्पनीका अनुसार यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ । सुजकी एक्सेस स्कुटर नेपालमा धेरै मध्यम वर्ग र व्यवसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । 

    एक्सेस स्कुटरमा अगाडि  ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदायी यात्रा  हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको कम्पनीले जानकारी दिएको छ । 

    कम्पनीले यो स्कुटर दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको र मर्मत खर्च पनि अरु भन्दा कम आउने यसका उपभोक्ताहरुको बुझाई भएको दावी गरेको छ । हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आँकलन गर्न सकिने कम्पनीले जनाएको छ । 

    suzuki car0.JPG

    कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको कम्पनीको दावी छ । 

    यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरियेको छ  र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको कम्पनीको दावी छ ।  

    १६० एमएमको ग्राउण्ड क्लियरेन्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट गनिन्छ । पूर्ण डिजिटल मिटर को साथमा क्लासिक स्टाईल, ईन्जिन डाइग्नोसिस, ब्याट्री डाइग्नोसिससहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् । सेतो, निलो, खैरो  र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुकचाइएको रङ भने निलो मानिएको छ ।

     

    साताको लोकप्रीय